Sunday, February 24, 2019

भिटोफद्धारा दुईजना सदस्य र सल्लाहाकार मनोनित

प्रकाशित मिति: 2018/09/11

काठमाडौं । गाँउ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ–नेपाल ) कोे कार्यसमिति बैठकले विधानमा उल्लेख भए बमोजिम  दुईजना कार्यसमिति सदस्य मनोनित गरेको छ । सोमवार बसेको कार्यसमितिको बैठकले ईश्वर बोगटी र हरिशरण देवकोटालाइ मनोनित गर्ने निर्णय गरेको हो  त्यसैगरि संस्थालाई थप चलायमान वनाउनको लागि प्रमुख सल्हाकारमा नेपाल उद्योग वाणिज्य महासंघका केन्दिय सदस्य रामशरण थपलिया त्यस्तै सल्लाहकारहरुमा वच्चुनारायण श्रेष्ठ, रविजङ्ग पाण्डे, दीपकराज जोशी, लेखनाथ भण्डारी, डीवी लिम्वु र तिलक लामालाई मनोनित गर्ने निणर्य गरेको छ । वैठकले भिटोफ नेपालको मिडिया एम्वेष्डरमा लक्ष्मी पुनलाई मनोनित गरेको छ । गन्तव्य नेपाल संग कुराकानी गर्दै भिटोफका अध्यक्ष् धु्रव सिंखडाले संस्थालाई ससक्तता दिन र चलायमान बनाउन सल्लाहाकार लगगायतको विभागहरु  गठन गरिएको  बताए 

 

तपाईंको बिचार