Sunday, February 24, 2019

प्याराग्लाइडिङ केन्द्रको रुपमा प्रदेशलाई विकास गरिने

प्रकाशित मिति: 2018/09/12

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशलाई सहासिक खेल प्याराग्लाइडिङको केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा  पोखरामा आयोजित १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङतर्फ रजत पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्दै उहाँले पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनको गन्तव्य बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री गुरुङले नेपालमा सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकूद ९साग०मा पदक प्राप्त गर्न सफल खेलाडीलाई प्रदेश सरकारका तर्फबाट उचित सम्मान गरिने बताउँदै प्याराग्लाइडिङ खेलका आठ वटै विधामा स्वर्ण पदक प्राप्तिका लागि आवश्यक तयारीमा जुट्न खेलाडीलाई आग्रह गर्नुभयो ।

प्रदेश सरकारको निर्णयअनुसार उक्त खेलमा रजत पदक विजेता खेलाडीलाई जनही रु एक लाख र सम्मानपत्र तथा प्रशिक्षक र व्यवस्थापकलाई जनही रु २५ हजार नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

यसैगरी महिलातर्फ प्याराग्लाइडिङ खेलमा पोखराबाट सहभागि तीनजना खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

 

तपाईंको बिचार