Sunday, February 17, 2019

मार्सी चामलको खानाको मज्जा लिन ठमेलको सीप रेष्टुरेन्ट जाऊँ

प्रकाशित मिति: 2018/09/16

काठमाडौं । मार्सी चामलको चर्चा परिचर्चा चलिरहेको बेला विशेषतः नेपाली मार्केटलाई केन्द्रीत गरेर ठमेलस्थित द सीप एण्ड रेष्टरेन्टले आजदेखि आफ्नो व्यापार व्यवसायलाई थप ऊर्जाशील बनाउन मार्सी चामलको खाना तथा लोकल कुखुरा, ट्राउटसहितको खाना उपलब्ध गराएको छ ।

सीपले मार्सी चामलको खानाको उपलब्ध गराएसँगै आज पर्यटन व्यवसायीहरुको ठूलो समूह खानाको स्वाद लिन त्यहाँ पुगेका छन् ।

खाना खाएसँगै पर्यटन व्यवसायीहरुले मार्सी चामलको खाना साँच्ची नै स्वादिष्ट र हाइजिनिक रहेको बताएका छन् । उनीहरुले यसलाई प्रवद्र्धन गर्न सबै लाग्नुपर्ने पनि बताए ।

 

तपाईंको बिचार