Tuesday, April 23, 2019

‘लगानीको टुंगो नहुदै निजगढ विमानस्थलमा, रूख काटिहाल्ने(बेचिहाल्ने)’नेकपाकै सांसदको प्रश्न

प्रकाशित मिति: 2018/09/27

सत्तारुढ दलका सांसदले निजगढ विमानस्थल निर्माणको टुंगो नलाग्दै रूख काट्न हतार गरिएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद विरोध खतिवडाले सम्झौता, लगानीकर्ताको अन्तिम टुंगो नलाग्दै र डिपिआर तयार नहुँदै रूख काट्न हतारो गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

‘लागत कति आउँछ थाहा छैन, रनवे कति वटा बनाउने थाहा छैन, अहिलेसम्म केही पनि थाहा छैन,’ खतिवडाले भने। उनले निजगढ विमानस्थल बनाउन कसले पैसा दिने भन्ने पनि थाहा भइनसकेको बताए।

‘अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो,’ सांसद खतिवडाले भने, ‘पैसा कसले दिने टुंगो भएको छैन। तर रूख चाहिँ काटिहाल्ने, बेचिहाल्ने

एउटा मेलम्ची खानेपानी आयोजना बनाउन ८र१० वटा दाता खोज्नुपरेको थियो भन्दै उनले लगानीबारे प्रश्न उठाए। ‘मेलम्ची बनाउन वर्ल्ड बैंक, युरोपियन युनियन, नर्वे, अनेक देशबाट दाता खोज्नुपरेको थियो,’ उनले भने।

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पैसा कसले दिने टुंगो छैन, आधुनिक युगमा सबैसँग सम्झौता गर्नुस्, दुई महिनामा ती सग्ला रुख हटाइदिन म सक्छु,‘ खतिवडाले चुनौती दिँदै भने, ‘लाज भन्ने कुरा हुँदैन सरम भन्ने हुँदैन अलिकति दिनदहाडै डाकागिरी

उनले ‘सम्झौता, लगानीकर्ताको अन्तिम टुंगो र डिपिआर रिपोर्ट नआउञ्जेल जसले रुखमा हात हाल्छ, त्यो हत्यारा ठहरिन्छ’ पनि भनेँ।

निजगढ विमानस्थल बनाउन कोरियन कम्पनीले वातावरण अध्ययन प्रतिवेदन बुझाइसकेको छ। उक्त प्रतिवेदनमा पहिलो चरणमा १०८० हेक्टर वा १३ सय हेक्टरको रुख काट्न सकिने इआइए प्रस्ताव छ। तर, पर्यटन मन्त्रालयले २५ सय हेक्टरको रुख काट्न वन मन्त्रालयमा पत्राचार गरिसकेको छ।

एकैपटक २५ सय हेक्टरको रुख एकैपटक काट्दा वातावरणमा समस्या उत्पन्न हुने भन्दै अहिले पहिलो चरणमा १०८० वा १३ सय हेक्टरमध्ये कतिको रुख काट्ने छलफल चलिरहेको छ। वातावरणमा न्यूनतम् क्षति गरेर रुख काट्नेबारे छलफल भइरहेको छ।

 

तपाईंको बिचार