Sunday, February 24, 2019

चौथो कीर्तिपुर महोत्सव हुने

प्रकाशित मिति: 2018/09/30

काठमाडौं । नेपालीहरूको महान चाड दसैँलाई लक्षित गर्दै कीर्तिपुरको नयाँ बजार खेलकुद मैदानमा चौथो कीर्तिपुर महोत्सव यही असोज १७ देखि २७ गतेसम्म हुने भएको छ।औद्योगिक शान्ति नेपाल संस्था तथा नयाँ बजार क्लब, राजकमल महर्जन तथा शशिर महर्जनको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो।

यस मेलाले कीर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी आर्थिक रूपले मजबुत बनाउने र कीर्तिपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत पुग्ने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष्य  सन्दीप महतले जानकारी दिए।

महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरू प्रस्तुत गरिने छ। यसका साथै, महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिने छ।महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतिहरू समावेश गरिने छन्। उक्त अवसरमा मनोरञ्जनात्मक खेलहरू,परम्परागत नेवारी परिकारको फुड फेष्टिबल पनि रहने छ।

मेलामा एक सय पचासभन्दा बढी स्टल रहने छ। सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका सामानदेखि लिएर लत्ता कपडा, जुत्ताहरू,कृषि तथा हस्तकलाका सामानलगायत एकै ठाउँमा पाउने र त्यसैगरी अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलेक्ट्रोनिक्स सामानहरू पनि उपलब्ध हुने बताइएको छ।

मेलामा विक्री÷वितरण गर्न राखिएको सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको व्यवस्थापन कमिटीले जानकारी दिएको छ।

महोत्सवमा करिब ३ देखि ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ।

तपाईंको बिचार