Sunday, February 24, 2019

पर्यटक आकर्षणको केन्द्र बन्दै गण्डकी सङ्ग्रहालय

प्रकाशित मिति: 2018/09/30

पोखरा । पोखरास्थित गण्डकी प्रदेश सङ्ग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सङ्ग्रहालयमा मुलुकका विभिन्न आदिवासी जनजातिका सांस्कृतिक पहिचान झल्किने पोशाक, गरगहना, भाडाकुँडाका र गोर्खाली सेनाद्वारा नेपाल एकीकरणको समयमा प्रयोग गरेका हातहतियार छन् ।

त्यस्तै विभिन्न प्रकारका सात सयवर्ष पुराना पुरातात्विक वस्तु सङ्कलन गरी राखिएकोले सङ्ग्रहालय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । नेपाली संस्कृति, रहनसहन र साहसिक वीरताको पहिचानलाई पुरातात्विक वस्तुको माध्यमबाट विश्वसमक्ष पु¥याउनका लागि पोखराको मुटु नयाँ बजारको मुख्य मार्गसँग जोडिएको २३ रोपनी जग्गामा स्थापित सो सङ्ग्रहालयको २०४१ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन गर्नुभएको थियो ।

पर्यटकीय नगरीका रुपमा ख्याती कमाएको पोखरा आउने पर्यटकले साहसिक खेल प्याराग्लाइडिङको आनन्द लिनुका साथै महेन्द्र गुफा, गुप्तेश्वर गुफा, पातले छाँगो, विन्दवासिनी मन्दिरको अवलोकनका साथै फेवा, बेगनासलगायतका तालमा नौंका विहार गर्छन् । यसका साथै, सूर्योदय हुनासाथ माछापुच्छ«े र अन्नपूर्ण हिमालको रमणीय दृश्यबाट पर्यटकको मन प्रफुल्लित हुन्छ । बहुजातीय, बहुसांस्कृति र वेषभूषाको बारेमा जानकारी लिन सङ्ग्रहालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

सङ्ग्रहालयमा नेपालको एकीकरण गर्दा गोर्खाली सेनाले प्रयोगमा ल्याएका हतियार डोक्रो, तीर, धनुष, खुकुरी, ढाल, खुँडा, घुयत्रो, बाँसको गुलेली र कटार राखिएको छ । अढाइ सय वर्ष अघिको युद्धमा प्रयोग गरिएका हतियारबारे पर्यटकलाई पनि गोर्खालीको विरताको इतिहासलाई सङ्ग्रहालयको माध्यमबाट जीवन्तता प्रदान गरिएको अनुभूति हुन्छ । सन् १९९४ मा मुस्ताङ खिगा र घरबजोङमा नेपाल र जर्मनको संयुक्त टोलीले उत्खनन् गर्ने क्रममा फेला परेका ५०० देखि ७०० वर्ष पुराना विभिन्न प्रकारका कच्चा फलामले बनेका औंजार, माटोको भाँडो, कछुवाको हड्डी, तामाको सिक्का, कच्चा फलामको घोडाको टाप, हस्तकलाका सामान र कौंडीका साथै बौद्धधर्मसँग सम्बन्धित माने ढुङ्गा र ढुङ्गे हतियार व्यवस्थित ढङ्गले पर्यटकको अवलोकनका लागि राखिएको छ ।

यसको माध्यमबाट पुरातात्विक वस्तुको सम्बन्धमा अध्ययन र अनुसन्धान गर्न थप सहयोग प्राप्त हुनुका साथै नयाँ पुस्तालाई नेपालको मध्यकालीन इतिहासको विषयमा जानकारी गराउँछ । तिब्बतबाट आउने आक्रमणकारीबाट बच्न मुस्ताङका राजाले झारकोटमा निर्माण गरेको किल्लाको तस्बिर पनि यहाँ छ । पर्यटकलाई नेपालका विभिन्न समुदायको रहनसहन, बसोवास, घर, पहिरनका बस्त्र र गरगहना, प्रयोगमा ल्याइएका भाडाँकुडा तामाको पैसालगायतका सामग्री सो सङ्ग्रहालयमा सङ्कलन गरी राखिएको छ ।

थकाली जातिले पारम्परिक भाडाँकुडामा काठको डाडु, ल्हाङ, चुन्ठो, पुच्चाँै, फुतुङ, परु ९ठम्को०, लुताङ, रहम्पु ९पानी राख्ने भाँडो० झाङ पताङ्ले पर्यटकलाई आकर्षित गर्छन् । मगर जातिको पारम्परिक गहनामा चौंबन्नी माला, ठिमरमाला, सिक्री, चन्द्रहार, कल्ली सो सङ्ग्रहालयमा छन्, भने थकालीको बाला, मुगामाला, ठिमरमाला लगायतका गरगहनासमेत यहाँ राखिएका छन् । थारु जातिको परम्परागत गहनामा कङ्गन, पाउजू, कम्पनी माला, चाँदीको हसुली, तरपिन, चाँदीको बाजु छन् भने दुरा जातिका कल्लीले सङ्ग्रहालयको शोभा बढाएको छ ।

नेवार, थकाली, ब्राह्मण, कामी र गुरुङको पारम्परिक घर, थारु जातिको पोशाक, खराउ, धोती, पाखी, थकालीको टेखी, जामा, बक्खु, भाँग्रा, बक्खुका साथै गुरुङको कछाड, पटुका, चोलो, गुनियो र मजेत्रोको माध्यमबाट पर्यटकलाई थप आकर्षित गरेको छ । महत्वपूर्ण पञ्चेबाजा, डम्पूm, धम्कीन, सारङ्गी, सहनाइ, कठताल, बैजडी, धौंसा, मादल, ट्याम्को, नगरा, झ्याली राखिएको छ । सोमध्ये, धम्कीन, कठताल, खैजडी बाजा लोप हुने अवस्थामा पुगेको सङ्ग्रहालयका सहायक पथप्रदर्शक एवं सूचना अधिकारी कविन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

यहाँ चिलिम र हुक्कासमेत राखिएको छ भने हिमाल र पहाडमा प्रयोग गर्ने छञ्तयाल, दाँचा, दुल, ढिक्की, स्याखू, छत्रीका साथै परम्परागत काठका भाँडाको माध्यमबाट वर्षौं पहिले मानवले आ–आफ्ना जीवनयापनका लागि प्रयोग गर्ने सामानबारे नयाँ पुस्तालाई सन्देश प्रदान गर्छ । सो सङ्ग्रहालयमा नापतौलका सामाग्री, तामाको पाथी, ढुवाङ, पाथी, काठको कुरुवाका साथै फलामको बनेको भोटे ताल्चा राखिएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटक नियमित रुपमा आउने गरेका छन् । सबैभन्दा बढी भारतबाट र सबैभन्दा कम अफगानिस्तानबाट सो सङ्ग्रहालयको अवलोकन गर्न पर्यटक आउने गरेको पौडेल बताउनुहुन्छ ।

सङ्ग्रहालयले विद्यार्थीका लागि रु पाँच, नेपाली नागरिकका लागि रु १०, सार्क मुलुकका पर्यटकका लागि रु ५० र सार्क मुलुकबाहिरका पर्यटकका लागि रु १०० शुल्क तोकेको छ । नेपालीले प्रयोग गर्ने क्यामराको रु २०, सार्क मुलुकको पर्यटक सँग रु ५० र सार्क बाहिरका पर्यटकसँग रु १०० लिने गरिएको छ । “प्रवेश शुल्क बढाउने तयारीमा छौँ,” कार्यालय प्रमुख करुणा राईले भन्नुभयो ।

प्रचारप्रसार हुन नसक्दा पर्यटक आगमनमा कमी आएको छ । आर्थिक वर्ष २०७३्७४ मा सार्क मुलुकबाहेकका मुलुकबाट ८८० जना आव २०७्७५ मा ८०० पर्यटकले सो सङ्ग्रहालयको भ्रमण गरेका थिए । आव २०७३्७४ मा सार्क राष्ट्रका दुई हजार ९८५ जना रआव २०७४्’७५ मा दुई हजार ३८४ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । आव २०७३्७४ मा चार हजार ७०० तथा गत आवमा चार हजार ४०० आन्तरिक पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका थिए ।

आव २०७३्७४ मा पाँच हजार २८६ विद्यार्थी तथा गत आवमा चार हजार ६९ विद्यार्थीले सङ्ग्रहालयको अवलोकन गरेका थिए । सङ्ग्रहालयले आव २०७३्७४ मा रु तीन लाख ४४ हजार तथा गत आवमा रु दुई लाख ९२ हजार राजश्व सङ्कलन गरेको थियो । यसअघि सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागअन्तर्गत पर्ने उक्त सङ्ग्रहालय हाल गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको छ ।

तपाईंको बिचार