Wednesday, August 21, 2019

पाँच बुँदे घोषणा पत्र जारी गर्दै चौंथो राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न

प्रकाशित मिति: 2018/10/01

काठमाडौं । पाँच बुँदे घोषणापत्र जारी गर्दै टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) को चौंथो राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न भएको छ । सोमबार ठमेलस्थित गोकर्णहाउस रेष्टुरेन्टमा आयोजित उक्त सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए ।

सम्मेलनमा टुर्गानका अध्यक्ष केदार तामाङद्वारा प्रस्तुत घोषणा पत्रमा, समय सापेक्ष रुपमा टुर्गानद्धारा वढाईएको टुरगाईड पारिश्रमिकलाई कार्यान्वयन गर्नको लागि टुर्गानका सवै सदस्यहरु एकजुट भई सशक्त रुपमा लागि पर्ने, पेशागत सार्वजनिक सुरक्षाका खातिर टुरिष्ट गाईडहरुका लागि नेपाल सरकारद्धारा कम्तिमा पचास लाख रुपैयाको टुरिष्ट गाईड  कल्याणकारी कोषको स्थापना गर्नुपर्ने र व्यक्तिगत दुर्घटना वीमा सम्वन्धित कम्पनीहरुले व्यहोर्ने गरी अनिवार्य व्यवस्था गरिनु पर्ने, विभिन्न निकायसंग समन्वय गरी नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउँन टुरिष्ट गाईडहरुको क्षमता अभिवृद्धि गर्न कार्यहरु सञ्चालन गर्नु पर्ने, अवैध पर्यटक पथ–प्रदर्शक गर्ने विदेशी तथा नेपालीहरुलाई नियन्त्रण गर्न सशक्त पहल गर्नु पर्र्ने । यसको निमित्त पर्यटन विभाग, पर्यटक प्रहरी लगायत अन्य सम्वन्धित निकायहरु सक्रियता हुनुपर्ने र आवश्यकता भन्दा वढि सख्यामा पर्यटक पथ–प्रदर्शक उत्पादन गरी अस्वस्थ प्रतिस्पर्धा गराउने कार्यमा रोक लगाउन र आवश्यक दक्षता अभिवृद्धि गर्न आवश्यक पर्ने उच्च पुर्नताजकी तालिम एंव व्यावसायीक तालिमको व्यवस्थाको व्यवस्थापन हुनु पर्ने लगायतको बुँदाहरु समेटिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले टुरिष्ट गाईड भनेको देशको अवैतानिक राजदुतको रुपमा चित्रित रहेको बताउँदै अत्यन्तै संवेदनशिल भएर टुरगाईडहरु प्रस्तुत हुनु पर्ने बताएका छन् । उनले टुर्गानसँग हातेमालो गरेर पर्यटन उत्थान र विकासको लागि आफु लागि पर्ने पनि बताए । मन्त्री अधिकारीले सन् २०२० सफल बनाउनको लागि टुरिष्ट गाईडहरुको भूमिका महत्वपूर्ण रहेकोले सकरात्मक सन्देश प्रभाव गर्न दत्तचित्त भई लाग्नु पर्नेमा टुरिष्ट गाइडहरुलाई सुझाउनु भयो । उनले २०२० सम्मको लागि हजारौं मात्रामा दक्षशक्ति उत्पादन गर्न मन्त्रालय लागि परिरहेको पनि बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य दिपक महतले पर्यटन क्षेत्रको श्रीवृद्धि गर्नको लागि टुरिष्ट गाईडहरुको भूमिका उल्लेख्य रहेको बताउँदै आफु सँधै टुर गाईडहरुको साथमा रहेको बताए । त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पर्यटनको गति र दिशाको लागि सबै पर्यटन व्यवसायीहरु एकजुट हुनु पर्ने बेला आएको बताए । उनले पर्यटकीय संघ संस्थाहरुलाई कमजोर बनाउने खेल कुचक्र सुरुवात भएको बताउँदै त्यसको लागि सबैको जागरुकता जरुरी रहेको पनि बताए

सो अवसरमा नेपाल पर्यटन वोर्ड सञ्चालक समिति सदस्य दीपक महतलाई टुर्गान मानार्थ सदस्यता प्रदान गरिएको थियो, त्यस्तै संघले पूर्वअध्यक्षद्वय विष्णु ज्ञवाली, हरेराम वराल, पर्यटक प्रहरी निरिक्षक रुपा थापा, युवा पर्यटन व्यवसायी तथा द एभरेष्ट होलिडेको प्रबन्धनिर्देशक सिर्जन सिंखडा, एराउण्ड द वेइल्ड होलिडेजका प्रबन्धनिर्देशक सन्नामरन्ना सिद्लििङप्पालाई सम्मान प्रदान गरिएको थियो भने संघले एसोसिएट सदस्यतामा भीआईपी रेष्टुरेन्टका सञ्चालक धुर्व अधिकारी,  साना जेम्सका सञ्चालक वर्कत उल्लाह, स्माटर््ली योसर्् अ टुरिजम म्यानेजमेन्टका कम्पनी मनोज गुरुङ, गोकर्ण हाउस रेष्टुरेन्टका दिपक श्रेष्ठ, लक्की थाङ्का सञ्चालक नारायण श्रेष्ठ, पोखरा हेली सर्भिसका दशरथ घिमिरेलाई प्रदान गरिएको थियो । त्यसैगरी राम वहादुर लामा, सुर्य दीप प्रसाद श्रेष्ठ, होम वहादुर वस्नेत, होम वहादुर तामाङ अनिल घिसिङ्ग, अमित मुलेपति छोनाम्गेल लामा र द गोल्डेन आईज रेष्टुरेन्टलाई व्यवसायी सम्मान गरिएको थियो ।

 

तपाईंको बिचार