Friday, May 24, 2019

पर्यटन क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान

प्रकाशित मिति: 2018/10/03

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए। मन्त्री अधिकारीले पर्यटन क्षेत्रमा लगानी बढाउन पनि निजी क्षेत्रलाई आह्वान गरे। पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक ऐन, कानुन बनाउने मन्त्री अधिकारीको योजना छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने माध्यमको रुपमा पर्यटन क्षेत्रको विकास गर्ने घोषणा पनि गरे। उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले आवश्यक कामलाई अघि बढाएको पनि स्मरण गराए। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले पर्यटन क्षेत्रको विकासमा लागि नेपाललाई विवाह गर्ने गन्तव्य स्थलको रुपमा पनि विकास गर्न सकिने धारणा राखे। महासंघले पर्यटन विकासका लागि होटलहरूको स्तरोन्नतिमा पनि ध्यान दिनुपर्नेमा जोड दिँदै आएको छ।

 

तपाईंको बिचार