Sunday, February 17, 2019

यतिको ७२ सिटे एटीआरले यात्रु भने ६० जनामात्र बोक्दै

प्रकाशित मिति: 2018/10/05

काठमाडौं । पर्यटकीय नगरी पोखरामा यति एयरलाइन्सले ठूलो जहाज एटीआर–७२ बाट उडान सुरु गरेको छ ।
पोखरामा बढ्दो यात्रु चापलाई केन्द्रित गर्दै एटीआर ७२ बाट उडान सुरु गरिए पनि यो जहाजले पूर्ण क्षमतामा भने उडान गर्ने छैन ।
पोखरा विमानस्थलको साँघुरो रनवेका कारण ६० जनायात्रु मात्रै बोक्ने यतिका प्रवक्ता भीमराज राईले जानकारी दिए । राईका अनुसार बुधबारदेखि दैनिक दुइटा उडान एटीआर ७२–५०० बाट गर्ने तालिका यतिले बनाएको छ । यात्रुको मागअनुसार उडान थप्न सकिने समेत उनले जानकारी दिए ।
एटीआर बाहेक यतिले ३० सिट क्षमताको जेटस्ट्रिम जहाजबाट पनि थप उडान गर्नेछ । एटीआर बाहेक यतीले यतिबेला काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बने पनि १० वटासम्म उडान नियमित रूपमा भइरहेको उनले बताए ।
एटीआरबाट दैनिक बिहान साढे ७ र ९ बजे उडान गर्ने तालिका छ ।

तपाईंको बिचार