Tuesday, June 18, 2019

हेलिकोप्टर कम्पनीले गाउँपालिकाको निर्णयलाइ अटेर गरे

प्रकाशित मिति: 2018/10/06

पोखरा । अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टरको व्यवसायिक उडानमा रोक लगाउने अन्नपूर्ण गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीहरुले अवज्ञा गरेको छन् । 

उनीहरुले निर्णयको अवज्ञा गर्दै शुक्रबार मात्र आठ पटक ओहोरदोहोर गरेका छन् । पोखरा विमानस्थलका अनुसार शुक्रबार भएका दुई उडान रेस्क्युका लागि र बाँकी छ उडान व्यवसायिक हुन् । 

पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले सिम्रिक एयरका छ वटा व्यावसायिक र प्रभुका दुई वटा रेस्क्यु उडान भएको पुष्टि  गरेका छन् ।

गाउँपालिकाले निषेध गरेको ठाउँमा किन उडान गरेको भन्ने जिज्ञासामा सिम्रिक एयरका सञ्चालक निर्देश सिद्धार्थजंग गुरुङले प्रतिक्रिया दिन मानेनन् । वन्यजन्तुको वासस्थान जोगाउन र पर्यावरण जोगाउन पनि आपत्कालीनबाहेक उडान गर्न नदिने निर्णय भएको हो ।
 

तपाईंको बिचार