Sunday, February 17, 2019

ठमेलको विशेष सरसफाईः पर्यटन मन्त्री स्वयंम उपस्थिति

प्रकाशित मिति:

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले  पर्यटनको गन्तव्य ठमेललाई सफा राख्नुपर्ने बताएको छ ।

ठमेल पर्यटन विकास परिषदद्धारा आयोजित विशेष सरसफाईमा उक्त कुरा राखेका थिए । उनी स्वयम पनि सरसफाइमा सहभागी भई सरसफाई गरेका थिएँ । उनले संसारभरका पर्यटकलाई ठमेलबाट राम्रो सन्देश पु¥याउने उद्देश्यले सुरुवात गरिएको अभियानलाई निरन्तरता दिँदै पूर्वाधार विकासका  जोड दिनु पर्ने बताएका छन् ।

सरसफाई अभियानकै क्रममा ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङले ठमेललाई हरभरा, सुन्दर र नमुना ठमेल बनाउनको लागि सो अभियान सुरु गरेको बताउँदै यसमा सबै पर्यटन व्यवसायी र सरोकारवालालाई पनि साथ दिन आग्रह गरे ।

कार्यक्रममा पर्यटन व्यावसायी, स्थानीय बासिन्दा, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो ।

 

तपाईंको बिचार