Wednesday, August 21, 2019

टुरिष्ट बस अटोमेसनमा

प्रकाशित मिति: 2018/10/08

काठमाडौं ।  तहल्का ट्राभल्स एण्ड टुर्सद्वारा सञ्चालित तहल्का बसको टिकट काट्न काउन्टर जान नपर्ने व्यवस्था मिलाएको छ। सार्वजनिक सवारीसाधनले समेत अनलाइन टिकट बुकिङको प्रतिस्पर्धा चल्दै गर्दा तहल्काले बी सफ्ट नामक सफ्टवेयर प्रयोग गरी अनलाइन बुकिङ सुरु गरेको हो। 

ट्राभल्सले दियालो टेक्नोलोजिजले उत्पादन गरेको बी सफ्ट नामक सफ्टवेयर प्रयोग गरी बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरु गरेको हो। ट्राभल्सका सञ्चालक जनकराज तिमल्सेनाले अबदेखि यात्रुहरू टिकट काट्नकै लागि काउन्टरसम्म धाएर समय र अतिरिक्त रकमको खर्च हुने परिपाटीको अन्त्य गर्न अनलाइन सेवा प्रदान गरेको बताए।

तहल्का टुरिस्‍ट बस काभ्रेको धुलिखेल र भक्तपुरदेखि कास्कीको पोखरासम्म र पोखरादेखि धुलिखेल र भक्तपुरका लागि छुट्ने गर्दछ। अनलाइन टिकटटिङसँगै अबदेखि यात्रुहरूले तहल्का बस डटकम डट एनपी अथवा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सीधै टिकट काट्न सकिने जनाएको छ। यात्रुहरूले अनलाइन टिकट काटिसकेपछि आइएमई पे, आइपे, एससिटी कार्ड लगायतका पेमेन्ट गेटवेका साथै अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत रकम भुक्तानी गर्न सक्ने बताइएको छ।

 

 

तपाईंको बिचार