Saturday, August 24, 2019

टानद्धारा सरकारी निर्णयको विरोध

प्रकाशित मिति: 2018/10/23

काठमाडौं । विदेशी पदयात्रीबाट लिईने प्रवेश शुल्क पूर्व जानकारी बिना वृद्धि गरेको छ । यसरी शुल्क लगाएको भन्दै व्यवसायीहरुले विरोध गरेका छन् । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सरकारी निर्णयको विरोध गरेको छ ।

सरकारले पूर्व जानकारी बिना एक्कासी नेपाली पदयात्रीलाई निःशूल्क प्रवेश दिँदै आएकोमा अब १ सय रुपैयाँ तिर्नुपर्ने, सार्क मुलुकका पर्यटकलाई प्रवेश शूल्क २ सयबाट १ हजारमा वृद्धि गरेको र सार्क मुलुक बाहिरका पर्यटकका लागि २ हजार २ सय ६० बाट ३ हजार पु¥याएकोले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने टानले बताएको छ ।
 
गुणस्तरीय पर्यटक ल्याउने कुरामा आफूहरु पनि साथ दिन तयार भएको तर सरकार उल्टो बाटोमा हिडेको टानले विज्ञप्तीमार्फत् जनाएको छ ।
 
पर्यटकीय क्षेत्रमा दिइने अतिरिक्त सेवा किनेबापत् पर्यटकले मूल्य तिर्ने र त्यसबाट भएको आम्दानीबाट राज्यले व्यवसायीबाट कर उठाउनुपर्नेमा सरकार आफै कुनै पनि अतिरिक्त सेवा नदिइ शुल्क लिन उद्दत रहेको टानको आरोप रहेको छ । 
 
सरकारले असोज ३० गते सोमबारका दिन सुचना जारी गर्दै संरक्षित क्षेत्रहरु जस्तै अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशंकर साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा प्रवेश शुल्क बढाएको हो ।

तपाईंको बिचार