Wednesday, August 21, 2019

जुम्ला विमानस्थल एक महिना बन्द हुने

प्रकाशित मिति: 2018/10/26

सुर्खेत । जुम्ला विमानस्थलभित्रको रन–वे ओभर ले (कालोपत्रे पुनः मर्मत) गर्नुपर्ने भएको छ । सो कारण कात्तिक ८ गतेदेखि मंसिर ८ गतेसम्मका लागि विमानस्थल बन्द गरिएको छ।

जुम्ला विमानस्थलका निमित्त प्रमुख रिंकी मल्लिकका अनुसार १५ वर्ष पहिले कालोपत्रे गरिएको रन–वे बीचबीचमा बिग्रिएकाले त्यसको ओभर ले गर्न बन्द गरिएको हो।

जुम्ला विमानस्थलमा सुर्खेत र नेपालगञ्जबाट नियमित उडान हुने गथ्र्यो। जुम्लामा विमानस्थल बन्द हुनअघि कम्तीमा तीन वटा बढीमा चारदेखि पाँच वटासम्म जहाज अवतरण हुन्थे।

तपाईंको बिचार