Tuesday, June 18, 2019

नेपाल र माल्टाबीच पर्यटन, फिल्म लगायत सेवा क्षेत्रमा सम्झौता हुने

प्रकाशित मिति: 2018/10/29

काठमाडौं । नेपाल र माल्टाबीचको आर्थिक व्यावसायिक सम्बन्ध तथा आगामी दिनमा निजी क्षेत्रका तर्फबाट हुन सक्ने सहकार्यका क्षेत्रहरूमा सम्झौता हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारी तथा नेपालका लागि गणतन्त्र माल्टाका नवनियुक्त राजदुत स्टेफन वर्गबीच महासंघ सचिवालयमा द्विपक्षीय आर्थिक(व्यासायिक भेटवार्तामा सो सम्बन्धि विस्तृत छलफल भएको हो ।
उक्त भेटवार्तामा, अत्यन्त न्यून रहेको द्विपक्षीय व्यापार विस्तारमा जोड दिएका छन् । महासंघमा रहेको तथ्यांक अनुसार सन् २०१६(१७ मा नेपालले माल्टाबाट २१ करोड र माल्टातर्फ करिव ३५ लाख मुल्य बराबरको वस्तु तथा सामान आयात निर्यात गरेको थियो । द्विपक्षीय भेटवार्तामा व्यापार प्रवद्र्धनका लागि दुवै देशका निजी क्षेत्रबीच आपसी सहकार्यमा जोड दिइयो ।
माल्टा र नेपालबीच वित्तीय क्षेत्र विकास, पर्यटन, फिल्म लगायत सेवामुलक व्यवसाय र आइसीटी क्षेत्रमा सहकार्यको बलियो सम्भावना रहेको जानकारी गराइएको थियो । बैठकमा महासंघका अध्यक्ष राणा र विशिष्ट सदस्य ढकालले नेपाली निजी क्षेत्र, माल्टाले हासिल गरेको आर्थिक प्रगति नेपालमा आकर्षण गर्न तयार रहेको र त्यसका लागि नवनियुक्त राजदूतबाट सहयोगको अपेक्षा गरेको बताएका छन् । नेपालमा यतिखेर लगानीको वातावरण बन्दै गएको र पर्यटन, कृषि, पूर्वाधार, उर्जा लगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको समेत राजदुतलाई सो अवसरमा महासंघका तर्फबाट जानकारी गराइयो ।
नवनियुक्त राजदूत स्टेफेनले नेपाली निजी क्षेत्रसँगको वार्ता अत्यन्त महत्वपूर्ण रहेको र के कसरी द्विपक्षीय आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा विकासको अनुभव आदान प्रदान गर्न सकिन्छ ।
बैठकमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, नेपालका लागि माल्टाका वाणिज्यदुत तथा महासंघका तीन नम्वर प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, उद्यमी वासुदेव गौतम समेत सहभागी रहेका थिए ।

 

तपाईंको बिचार