Sunday, April 21, 2019

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुलाई निःशुल्क वाईफाई

प्रकाशित मिति: 2018/10/30

काठमाडौं । के तपाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेश उड्दा वा स्वदेश फर्कँदा घण्टौं कुरेर दिक्क हुनु भएको छ
जहाज चढ्नु अघिको चेक जाँच बोर्डिङ र टर्मिनलमा खर्च हुने समय कटाउँन मुस्किल पर्ने गरेको छ
त्यसो भए अब चिन्ता नगर्नुस, विमानस्थलले निःशुल्क वाइफाई चलाउन पाइन्छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुले अब निःशुल्क वाइफाई चलाउन पाउँछन, त्यो पनि टर्मिनलसम्मै ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलमा वर्ड लिंकसँगको सहकार्यमा निःशुल्क वाइफाई सेवा आरम्भ गरिएको बताए । विमानस्थलले आन्तरिक तर्फ टर्मिनलमा भने यस अघि नै निःशुल्क वाईफाई सेवा उपलब्ध गराउँदै आएको छ ।
‘वर्ड लिंकसँगको सहकार्यमा अन्तराष्ट्रिय टर्मिनलसम्म यात्रुहरुलाई निःशुल्क वाईफाई सुबिधा उपलब्ध गराएका छौं’, विमानस्थलका महाप्रबन्धक क्षेत्रीले  भने ।
यात्रुहरुले एक घण्टासम्म निःशुल्क वाइफाई उपयोग गर्न सक्ने जानकारी पनि दिए । यात्रुहरुले ओपन लगईन गरेर वाईफाई सेवा उपयोग गर्न सक्नेछन् । अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुको बसाईलाई सहज बनाउन निःशुल्क वाईफाई सेवा सुरु गरेको पनि क्षेत्रीले बताए ।
अन्तराष्ट्रिय उडानका यात्रुहरुलाई विमानस्थल ओर्लदा र उड्नु अघि सूचना आदान प्रदानलाई सहज बनाउन पनि वाईफाईले भूमिका खेल्ने क्षेत्रीको दावी थियो ।

 

तपाईंको बिचार