Monday, June 24, 2019

आन्तरिक र बाह्य पयर्टकलाई लोभ्याउने इलामको रामसार

प्रकाशित मिति: 2018/11/01

 पाँचथर । आन्तरिक र बाह्य पयर्टकलाई लोभ्याउने इलामको रामसार क्षेत्र ‘माइपोखरी’ विगतका दिनमा धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण मानिए पनि अहिले भने पर्यटकिय गन्तव्य बन्दै आएको छ। सदरमुकाम इलाम बजारबाट १८ किलोमिटर उत्तरमा रहेको यो पोखरी हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हो। २८ अक्टोबर, २००८ मा विश्व रामसार सूचीमा परेको माइपोखरी नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र हो। यो क्षेत्र जैविक विविधताले पनि भरिपूर्ण छ। प्राकृतिक, धार्मिक र जैविक विविधताले धनी पोखरी क्षेत्रको प्राकृतिक सौन्दर्य मनमोहक त छ नै यसबाहेक हालै पोखरी प्रवेशद्वारमा निर्मित आकर्षक संरचनाले पर्यटकलाई लोभ्याउने गरेको छ।

 

तपाईंको बिचार