Sunday, February 17, 2019

चिनियाँ फोटोग्राफरको लेन्सबाट भक्तपुर

प्रकाशित मिति: 2018/11/03

नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गर्दै आएको  अन्तर्गत नोभेम्बर महिनाका लागि नेपाली तथा चिनिँया फोटोग्राफरले खिचेका नेपालका तस्बिरहरुको प्रदर्शनी शुरु गरेको छ।
प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवारबाट आयोजना हुने यस प्रदर्शनी कात्तिक १६ देखि १८ गतेसम्म बिहान ११ बजेदेखि दिँउसो ४ बजेसम्म भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हाताभित्र आयोजन हुनेछ।
यसअघि गत महिना अक्टोबर १ देखि ७ सम्म चीनको शुन्दे जिल्ला, बेइजाओ शहरको कल्चर सेन्टरमा ुफोटो नेपालु प्रर्दशनी भएको थियो।
तिनै फोटोहरुको दोस्रो प्रदर्शनी यसपालीको फोटो नेपालमा गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यहाँको प्रदर्शनी पछि यी फोटोहरुको प्रर्दशनी भक्तपुरमा यही नोभेम्बर महिनाको ६, ७, ८ तारिखमा गरिने पर्यटन बोर्डका बरिष्ट अधिकृत सुधन सुवेदीले जानकारी दिए।
फोटोमार्फत् पर्यटन अभिवृद्धि गर्ने उदेश्यका साथ गएका वर्षहरुबाटै ‘फोटो नेपाल’ का श्रृंखलाहरु नेपाल लगायत विदेशी भूमिमा पनि आयोजना हुँदै आएका छन्।
नेपाल पर्यटन बोर्डले यस फोटो नेपालका श्रृंखलाहरुको आयोजना र सहजिकरण गर्ने कार्य गर्ने भएको छ। हिमाल, पहाड अनि तराइको समथर भूमी र त्यहाँ रहने नेपाली अनुहार हाँसो, जीवन अनि शैलीका तस्विरहरु ुफोटो नेपालुले देश भित्र अनि बाहिर सर्वत्र पस्किदै आएको छ ।
हरेक फोटो नेपालका प्रदर्शन श्रृंखलाहरु कुनै एक स्थान विशेषका फोटोहरु, सभ्यता र जीवनशैली प्रतिविम्बित गर्ने हेतुले आयोजना गरिन्छ । अर्कोतर्फ बिभिन्न देशका पर्यटक अनि फोटोग्राफरहरुले यहाँ आउँदा खिचेका फोटोहरुलाई पनि फोटो नेपालले विशेष स्थान दिएर प्रदर्शन गर्दछ, यसपटक चिनिँया फोटाग्राफरका लेन्सका माध्यमबाट भक्तपुरलाई देखाइएको छ ।
भक्तपुरको जीवनशैली, संस्कार, सभ्यता, संरचना अनि नेवारी समाजका हरेक अवयवहरुलाई यसपटकको फोटो नेपालले पस्किने जर्मको गरेको छ । यसका साथै चिनिँया फोटोहरु पनि प्रदर्शनीमा राखिएका छन् । यस प्रदर्शनीले नेपाल र चीनबीचको सांस्कृतिक, ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने आशा गरिएको छ । नेपालका विभिन्न स्थानहरु र पर्वहरुको सुन्दर फोटोहरु प्रदर्शनीमा राखिएको छ ।
नेपाल पर्यटन बोर्डको चिनिँया बेइजाओ फोटोग्राफी एशोसियसन, नेपाल पर्यटन विकास ब्यवसायी संघ र भक्तपुरको किपाग्राफीको सहकार्यमा आयोजना गरिएको हो।

तपाईंको बिचार