Sunday, February 24, 2019

पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेको भन्दै चक्रपथ सफाई अभियान सुरू

प्रकाशित मिति: 2018/11/04

बागमती जस्तै चक्रपथ सरसफाई अभियान सुरु भएको छ।
पहिलो पटक शनिबार चक्रपथको बाफलबाट सरसफाई अभियान सुरु गरिएको हो। शनिबार बाफलबाट स्युचाटार पुलसम्म सरसफाई गरिएको छ। सडकमा भएको धुलो बढार्ने, सडक छेउमा रहेका झारपात काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्ने लगायत सफाईको काम भएको छ।
बिहान सातदेखि नौ बजेसम्म भएको सरसफाईमा पाँंच सय बढीको सहभागिता थियो।
सरसफाईमा स्थानीय, शसस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका तथा जन प्रतिनिधिहरु संलग्न थिए। सफाई अभियान हरेक शनिबार बिहान सात बजेदेखि नौ बजेसम्म सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताए।
चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि सात हप्ता यस्तै सफाई अभियान चलेको थियो । त्यस क्रममा सफाईका साथै बन विभागबाट दुई सय वटा विरुवा ल्याई रोपिएको थियो । तर चक्रपथ विस्तार सञ्चालनको खबरपछि अभियान रोकिएको थियो।
बढ्दो सवारी एवं मानिसको चापका कारण दिन प्रतिदिन बढ्दो फोहोर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेकाले सफाई अभियान थालिएको अभियन्ता कुँंवरले बताए।

 

तपाईंको बिचार