Sunday, February 17, 2019

लाइसेन्स साथमा लिई पर्यटक पथ प्रदर्शन गर्न टुर्गानका अध्यक्ष तामाङ्गको आग्रह

प्रकाशित मिति: 2018/11/04

काठमाडौं । टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) सँगको सहकार्यमा पर्यटक प्रहरीले पर्यटकीय स्थलहरुमा अवैध रुपमा गाइडिङको काम गर्ने क्रम बढेपछि पछिल्लो समय पर्यटक प्रहरी र टुर्गानले संयुक्त रुपमा लाइसेन्स चेकिङ कार्यलाई तीब्रता दिन थालेको छ ।
आज काठमाडौं वसन्तपुर दरवार क्षेत्रबाट बिना लाइसेन्स टुरगाइड गर्ने एक दर्जन अवैध रुपमा गाइडिङ्ग गर्नेलाई नियन्त्रणमा लिएको छ ।
अवैध टुरगाइडले अन्तराष्ट्रिय जगतमै नेपालबारे नकारात्मक सन्देश प्रवाह हुने भन्दै टुर्गानका अध्यक्ष तामाङले आगामी दिनमा पनि यसलाई थप सशक्त बनाई पर्यटनमा हुने अवैध कार्य निरुत्साहित पार्ने बताए ।
गन्तव्य नेपालसँग बिषेश कुराकानीका क्रममा तामाङले भने, सम्पुर्ण टुरिष्ट गाइडहरुलाई टुर गाइड लाइसेन्स अनिवार्य साथमा लिई पर्यटकहरुलाई दृष्याअवलोकन गराउनहुन अनुरोध समेत गर्नु भएको छ । साथै सम्पुर्ण ट्राभल तथा ट्रेकिङ कम्पनीहरुलाई लाईसेन्स प्राप्त वैधानीक टुरगाइडहरु मात्र लिई नेपाल भ्रमण गर्न आएका बिदेशी पर्यटकहरुलाई पर्यटकीय स्थलहरुमा दृष्यावलोकन गराउनु हुन पनि तामाङले अपिल गर्नु भएको छ ।   

 

 

 

तपाईंको बिचार