Sunday, April 21, 2019

नाराद्वारा नोभेम्बर २४ मा हिमालयन ह्वाइटवाटर च्यालेञ्ज गर्ने

प्रकाशित मिति: 2018/11/06

काठमाडौं । नेपाल एसोसिएसन अफ  र्‍याफ्टिङ एजेन्ट (नारा) ले १७ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज गर्ने भएको छ । हरेक वर्ष उक्त प्रतियोगिता आयोजना गर्दै आएको नाराले यस पटक पनि नोभेम्बर २४ देखि २६ सम्म मस्र्याङ्दी नदीको बेलौटी, विसौनामा सञ्चालन गर्ने बताएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २५ देखि ३५ राष्ट्रका खेलाडीहरुले भाग लिने नाराले जानकारी दिइएको छ । नाराका अध्यक्ष निमबहादुर मगरले गन्तव्य नेपालसँग कुरा गर्दै नेपालमा खेल पर्यटनको विकास गर्नुका साथै दक्ष जनशक्ति उत्पादन गर्नका लागि हिमालयन ह्वाइटवाटर च्यालेञ्ज गर्न लागिएको बताएका छन् । उनले जलयात्रा पर्यटनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्नु नै हिमालयन ह्वाइटवाटरको उद्देश्य रहेको पनि बताएका छन् । नेपालका सबै नदीहरु खेल पर्यटनका लागि सम्भावना बोकेका छन् । त्यसको लागि नारा लागि परिरहेको छ । उनले बताए ।  

नेपाल पर्यटन र्बोडको प्रर्वद्धनमा हुन लागिरहेको सो च्यालेञ्ज प्रतियोगिताको पुरस्कार १ लाख ५० हजार धनराशिको रहने छ । 

तपाईंको बिचार