Sunday, April 21, 2019

पर्यटकीय सिजनसँगै टुरगाइड लाइसेन्स चेकिङमा तीव्रता दिइयो

प्रकाशित मिति: 2018/11/06

काठमाडौं । टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) सँगको सहकार्यमा पर्यटक प्रहरीले पर्यटकीय स्थलहरुमा अवैध रुपमा गाइडिङको काम गर्ने क्रम बढेपछि पछिल्लो समय पर्यटक प्रहरी र टुर्गानले संयुक्त रुपमा लाइसेन्स चेकिङ कार्यलाई तीब्रता दिन थालेको छ । 

आइतबारदेखि सुरु गरिएको चेकिङमा काठमाडौंको वसन्तपुर दरवार क्षेत्र, स्वयम्भु र पशुपतिमा गरी बिना लाइसेन्स टुरगाइड गर्ने दर्जनौं अवैध रुपमा गाइडिङ्ग गर्नेलाई नियन्त्रणमा लिएको छ । 
अवैध टुरगाइडिङले अन्तर्राष्ट्रिय जगतमै नेपालबारे नकारात्मक सन्देश प्रवाह हुने भन्दै टुर्गानका अध्यक्ष केदार तामाङले आगामी दिनमा पनि यसलाई थप सशक्त बनाई पर्यटनमा हुने अवैध कार्य निरुत्साहित पार्न आफूहरु लागि पर्ने बताए । 

गन्तव्य नेपालसँग विषेश कुराकानीका क्रममा तामाङले सम्पुर्ण टुरिष्ट गाइडहरुलाई टुर गाइड लाइसेन्स अनिवार्य साथमा लिई पर्यटकहरुलाई दृष्याअवलोकन गराउनहुन अनुरोध गरेका छन् । साथै सम्पुर्ण ट्राभल तथा ट्रेकिङ कम्पनीहरुलाई लाईसेन्स प्राप्त वैधानीक टुरगाइडहरु मात्र लिई नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरुलाई पर्यटकीय स्थलहरुमा दृष्यावलोकन गराउनु हुन पनि तामाङले अपिल समेत गरेका छन् ।   

 

 

तपाईंको बिचार