Saturday, September 21, 2019

पर्यटक बसको टिकट काटेर साधारण बसमा यात्रा गराउने बसलाई जरिवाना

प्रकाशित मिति: 2018/11/16

ललितपुर । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले यात्री ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई छ हजार रूपैयाँ जरिवाना गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार उक्त ट्राभल्सका दुई वटा बसलाई नियन्त्रणमा लिइ जरिवानाका लागि पठाएकामा प्रतिबस तीन हजारका दरले जरिवाना गराइएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

पर्यटक बसको टिकट काटेर साधारण बसमा यात्रा गराएको उजुरी परेपछि प्रहरीले ती बसलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया बढाएको थियो ।

तपाईंको बिचार