Sunday, February 17, 2019

धरहरामा डोजर परिचालन

प्रकाशित मिति: 2018/11/17

काठमाडौँ । पुरातत्त्व सिद्धान्तअनुसार सम्पदा क्षेत्रमाथि हेलिकप्टरसमेत उडाउन पाइँदैन । काठमाडौंको सम्पदा धरहरा क्षेत्रमा भने यो सिद्धान्त लागू भएन । हेलिकप्टर उडाउने मात्र होइन, यसको वरिपरि डोजर लगाएर कुरूप बनाइएको छ अहिले ।
काठमाडौंको सुन्धारामा धरहरा पुनर्निर्माणका लागि छुट्याइएको क्षेत्र । गोश्वारा हुलाक कार्यालयको १५ रोपनी, धरहराले चर्चेको ३ रोपनी तथा गुठी संस्थानसहित २२ रोपनी जग्गामा अत्याधुनिक सुविधासहितको धरहरा निर्माण गर्न लागिएको हो । नयाँ बन्ने धरहरा करिब २९४ फिट अग्लो हुनेछ । तस्बिर स् किरण पाण्डेरकान्तिपुर
‘सम्पदा क्षेत्रमा यसरी डोजर लगाउनै हुँदैन,’ पुरातत्त्वविद् विष्णुराज कार्की भन्छन्, ‘डोजर लगाउँदा धरहराको भग्नावशेषलाई असर गर्छ । भित्री संरचना खल्बलिन्छन् । वरिपरि मूर्ति छन् भने त्यसलाई असर गर्छ । धरहरा क्षेत्रमा डोजर छिराउनै मिल्दैन । त्यसले सुन्धारालाई पनि असर गर्छ ।’
सम्पदा संरक्षण अभियन्ता धरहरामा डोजर चलाइनु पुरातात्त्विक मूल्य मान्यताविपरीत मात्र नभई प्राचीन स्मारक संरक्षण ऐन, नियमावली र अपराध संहिताविपरीत भएको बताउँछन् ।
सम्पदा संरक्षण अभियन्ता तथा कानुनका विद्यार्थी सञ्जय अधिकारी धरहरामा डोजर चलाएर राष्ट्रिय विभूति भीमसेन थापाको समेत अपमान भएको बताउँछन् । ‘मुलुकी अपराध ९संहिता० ऐन, २०७४ मा राष्ट्रिय विभूतिको अपमान गर्न नहुने उल्लेख छ,’ अधिकारी भन्छन् । डोजर चलाएर प्राचीन स्मारक संरक्षण ऐनको समेत उल्लंघन भएको उनको भनाइ छ ।
भुइँचालोले भत्काएको धरहरालाई चाहिँ जस्ताको तस्तै राखेर त्यही स्वरूपको नयाँ बनाउने गरी डिजाइन भएको छ । अब बन्ने धरहरा गोश्वारा हुलाक कार्यालयको आकाशेपुलबाटै धरहराको क्षेत्र सुरु हुनेछ । धरहरा पुनर्निर्माणका लागि ड्रइङ डिजाइन तयार गर्न केज कन्सल्ट्यान्ट प्रालि र एसोसिएट्स जेभीलाई पुरातत्त्वले जिम्मेवारी दिएको थियो ।
संस्कृति मन्त्रालयले धरहराको विस्तृत डिजाइन गर्न पुरातत्त्व विभागलाई कार्यादेश दिएको थियो । परामर्शदाता इन्जिनियर विष्णु पन्थीले तयार गरेको डिजाइनमा गार्डेनको छेउमा तीनतले पार्किङ स्थल बन्नेछ । सुन्धारालाई धरहरा क्षेत्रभित्रै राखिनेछ । सुन्धारालाई पुनर्निर्माण गरेर भर्‍याङ बनाइनेछ । खुला योभर्‍याङमा तीन सय जनासम्म हिंड्न सक्ने क्षमताको हुन गरी डिजाइन गरिएको छ ।
नयाँ डिजाइनअनुसार यहाँ फोटो खिच्ने ठाउँ हुनेछ । पानीको फोहोरा राखिनेछन् । यो फोहोरा हुँदै संग्रहालयमा जान सकिनेछ । धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायतका सामान संग्रहालयमा राख्ने गरी डिजाइन गरिएको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । दाहालका अनुसार संग्रहालय दुई तलाको हुनेछ ।
यसबाहेक गिफ्ट सप, सानो थिएटरलगायतका पूर्वाधारसमेत बनाइने डिजाइनमा उल्लेख छ । यसलाई अपांगमैत्री पनि बनाइनेछ । अपांगलाई ध्यान दिएर दुईवटा लिफ्टको व्यवस्थासमेत गरिनेछ ।
धरहरा क्षेत्रमा नयाँ संरचना बनाउने कार्यलाई भीमसेन थापा स्मृति प्रतिष्ठानका पदाधिकारीले नजायज कार्य भनेका छन् । ‘अहिले बनाउन लागेको संरचनाले कुनै पुरातात्त्विक मूल्य रहँदैन,’ प्रतिष्ठानका कोषाध्यक्ष प्रा। सुशीलविक्रम थापा भन्छन्, ‘जे छ, त्यही, त्यस्तै बनाउन सकिन्छ भनेका थिए प्राविधिकले । तर त्यसो गरिएन । जस्ताको तस्तै बनाउन झन्झटिलो होला तर असम्भव भन्ने होइन । ९० सालमा बन्यो भने अहिले झन्किन बन्दैन रु’
अहिलेको जमिनको सतहभन्दा तलमाथि नगईकन धरहरा बनाइनेछ । यसको उचाइ २ सय ४५ फिट हुनेछ । पहिलाको धरहराको उचाइ पनि यति नै हो । राष्ट्रिय विभूति थापाले बनाएको धरहरा ९० सालको भुइँचालोमा भत्कियो । भत्किएपछि जुद्धशमशेरले नयाँ बनाए । पुरानोमा बार्दली थिएन ।
नयाँमा बार्दली बनाइयो । यसको डिजाइन बिग्रेडियर कर्णेल इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए । ‘त्यतिबेलाको अप्ठ्यारो बेलामा मेरो जिज्युबुवा डिल्लीजंगले यसको डिजाइन गर्नुभयो,’ सम्पदा अध्ययन गरिरहेकी चन्दा राणा भन्छिन्, ‘अहिले सजिलो बेलामा आएरचाहिँ यसलाई मास्न लागियो । यो विडम्बनापूर्ण छ ।’ धरहराको निर्माणमा चुनासुर्कीको जोडाइ र इँटाको गारो थियो ।
यसको डिजाइन मुगल कालिगढले गरेका थिए । सबभन्दा माथिल्लो भागमा गुम्बज् बनाई सुनको जलप लगाइएको धातुको गजूर थियो । यसको निर्माणमा मुस्लिम धर्मको प्रभाव परेको इतिहासकार बताउँछन् । ‘यस्तो ऐतिहासिक ठाउँ किन मास्नुपर्‍यो रु’ अभियन्ता अधिकारी भन्छन्, ‘लिफ्ट चढेर जाने धरहरा यहीं किन चाहियो रु व्यस्त सडभन्दा टाढा बनाए भइगयो । यहाँ त धरहराको ठुटो जोगाएर बाँकी खाली ठाउँ राखे भयो । खुला संग्रहालय बनाए भयो । ऐतिहासिक तस्बिर प्रदर्शनी गरे भयो । यहाँ अर्बौं खर्च गरेर नयाँ संरचना बनाउन आवश्यकै छैन ।’
भीमसेन थापाले आफ्नो निवास बागदरबार छेउमै १८८१ सालमा धरहरा बनाएका थिए । भीमसेन थापाले यो धरहरा बनाएपछि रानी त्रिपुरासुन्दरीले १८८२ मा अर्को धरहरा बनाउन लगाइन् । १९९० सालको भुइँचालोले यी दुईमध्ये भीमसेन थापाले आफ्नो निवास छेउमा बनाएको धरहरा ढल्यो । अहिलेको धरहरामा चाहिँ आंशिक क्षति मात्रै पुगेको थियो ।
९० सालमा भुइँचालो आउनु पहिला नैचट्याङ परेर धरहरालाई क्षति पुर्‍याएको थियो । ११ तले धरहरालाई ९० सालको भुइँचालोपछि १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ९ तलामा झारेर पुनर्निर्माण गरेका थिए ।
धरहरा पुनर्निर्माण गर्ने विषयमा लामो समय विवाद भएको थियो । कसले गर्ने भन्ने विषयमा लामो समय विवाद भएपछि पुनर्निर्माण प्राधिकरणले नै बनाउने भएको छ । मन्त्रिपरिषद्ले नेपाल टेलिकमलाई दिने निर्णय गरे पनि उसले बनाउने इच्छा नदेखाएपछि लामो समयदेखि धरहरा पुनर्निर्माणले गति लिन सकेको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपल्ट प्रधानमन्त्री हुँदा ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । मन्त्रिपरिषद्ले निर्णय नै गरेर नेपाल टेलिकमलाई बनाउन दिएको थियो । तर एक वर्षअघि विभिन्न कारण देखाई पुनर्निर्माण गर्न नसक्ने जनाउँदै पत्र पठाएको थियो ।
कम्पनीको लाभ लागत, पुरातत्त्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको विकल्परडिजाइन सरकारद्वारा स्वीकृत नभएको तथा स्थानीय बासिन्दाको परम्परागत रीतिरिवाजलाईसमेत कारण देखाएर टेलिकमले हात झिकेको थियो । टेलिकमले राखेको सर्त पूरा गर्न सकिने अवस्थाको नरहेको भन्दै उसलाई निर्माणको जिम्मा नदिईएको पुरातत्त्व विभागले जनाएको छ ।
विभागका अनुसार टेलिकमलाई ४ अर्ब रुपैयाँको लागत इस्टिमेट दिइएको थियो । तर टेलिकमले सात अर्ब लाग्ने अनुमानित लागत पेस गरेको थियो । दुई वर्षअघि मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई धरहरा पुनर्निर्माण गर्न दिने निर्णय गरेको थियो । अहिले यसको निर्माण लागत ३ अर्ब ४५ करोड रुपैयाँ छ । निर्माणको ठेक्का जीआईईटीसी–राजन जेभीले पाएको छ । धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत प्रदान गरेको छ ।
पहिलाको ५ रोपनी जग्गामा राम्रो नहुने भन्दै पुरातत्त्व विभागले सरकारसँग थप जग्गा मागेको थियो । धरहरापुनर्निर्माण गर्न नेपाल टेलिकम, विद्युत् प्राधिकरण, नेपाल राष्ट्र बैंक, गोश्वारा हुलाक कार्यालय, काठमाडौं महानगरपालिकालगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

तपाईंको बिचार