Saturday, October 19, 2019

टुर गाइड लाइसेन्स साथमा लिई पर्यटकहरुलाई दृष्याअवलोकन गराउन तामाङको आग्रह

प्रकाशित मिति: 2018/11/20

काठमाडौं । पर्यटकीय स्थलहरुमा अवैध रुपमा गाइडिङको काम गर्ने क्रम बढेपछि पर्यटक प्रहरी र टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) ले संयुक्त रुपमा लाइसेन्स चेकिङ कार्यलाई  कडाईका साथ तीव्रता दिदै आईरहेको छ ।

पर्यटक प्रहरीले काठमाडौंको वसन्तपुर दरवार क्षेत्र, स्वयम्भु, पशुपति, पाटन, भक्तपुर  र बौद्ध क्षेत्रमा छड्के चेकिङमा अवैध रुपमा गाइडिङ  काम  गर्ने दर्जनौंलाई नियन्त्रणमा लिई आवश्यक कार्बाही गरि फेरी विना लाईसेन्स दोहोरिएर नआउने सर्तमा पर्यटक प्रहरीले तिनीहरुलाई छाडिदिएको छ ।   

अवैध टुरगाइडिङले अन्तर्राष्ट्रिय जगतमै नेपालबारे नकारात्मक सन्देश प्रवाह हुने भन्दै टुर्गानका अध्यक्ष केदार तामाङले आगामी दिनमा यसलाई थप सशक्त बनाई पर्यटनमा हुने अवैध कार्यलाई निरुत्साहित पार्ने बताएका छन् ।

तामाङले, सम्पूर्ण ट्राभल तथा ट्रेकिङ कम्पनीहरुलाई लाईसेन्स प्राप्त वैधानीक टुरगाइडहरु मात्र लिई नेपाल भ्रमण गर्न आएका बिदेशी पर्यटकहरुलाई पर्यटकीय स्थलहरुमा दृष्यावलोकन गराउनु हुन पनि अपिल गर्नु भएको छ ।   

साथै टुरिष्ट गाइडहरुलाई पनि टुर गाइड लाइसेन्स अनिवार्य साथमा लिई पर्यटकहरुलाई दृष्याअवलोकन गराउनहुन अनुरोध समेत गर्नु भएको छ ।

 

तपाईंको बिचार