Sunday, February 24, 2019

एसियाकै उत्कृष्ट क्लब फरेनहाइट ठमेलमा

प्रकाशित मिति: 2018/11/21

काठमाडौं । ठमेल, जति बेला गएपनि रमाइलो, आफूले भनेको जस्तै सेवा सुविधा पाइने अनि चाहेअनुसार आइटम आइटमका खाना र डिस पाइने । यही ठमेलको मुटुमा सञ्चालित क्लब फरेनहाइट सबैको चाहाना पूरा गर्ने एउटा ठाउँ हो । रेस्टुरेन्टसहितको यो क्लब सबैखाले पर्यटकका लागि उपयुक्त ठाउँ हो ।

ठमेलको ड्रिम अफ गार्डेनको आडमा रहेको साँघुरो गल्लीको भित्तामै ठूल्ठूला अक्षरले लेखिएको क्लब फरेनहाइट, जुन कुनै पनि साक्षरले पढ्न सक्दछन् । ‘क्लब’ भन्ने बित्तिकै सबैको ध्यान तान्छ । आफ्नै अगाडि यत्रो ठूल्ठूलो आँखाले देखेपछि जाउँजाउँ लाग्छ । ‘त्यसैले यो गल्ली छिरेका अधिकांश यहाँ एकपटक छिरेकै हुन्छन्’ क्लब फरेनहाइटका सञ्चालक विश्व पुरी भन्छन् ।

जोसिला यूवा विश्व पुरीले आफ्ना दुई सहपाठीहरुसँग मिलेर खोलका हुन् यो क्लब । अर्थात क्लबका सञ्चालक तीनै जना नेपाली पर्यटन क्षेत्रमै करियर बनाउदै गरेका व्यक्तित्वहरु हुन् । पर्यटकको ध्यान तान्न के के कुरा आवश्यक हुन्छ भन्ने बुझेका छन् उनीहरुले ।

“अहिलेको यूवा पुस्ताले कामको थकान मेट्न मनोरञ्जनको माध्यम खोज्छन् त्यो पनि नयाँ नयाँ तरिकाबाट । त्यही कुरालाई ध्यानमा राखेर क्लब स्थापना गरिएको भन्दै पुरी अगाडि थप्छन् ‘हामीले सञ्चालनमा ल्याएको यो क्लब नेपाल अधिराज्य भरिकै नमुना क्लब र सेवासुविधाको आधारमा एसियाकै उत्कृष्ठ क्लब हो । त्यसैले यहाँ सेलिब्रेटीहरुको आवतजावत भइरहन्छ ।’ उनकाअनुसार मनोरञ्जनको माहोलसँगै कहिले सुटिङ त कहिले अन्य विविध खालका इभेन्टहरु भइरहन्छ यहाँ ।

क्लब फरेनहाइट खोलेको धेरै भएको छैन, भर्खरै तीन महिनामात्रै पुगेको छ । विदेशबाट नै सबै लाइट, जेभेल कम्पनीको पहिलो सिरिजको साउड सिस्टमहरु ल्याएर बनाइएको हुनाले यस क्लबमा धेरैजसो विदेशी डीजेहरु नै बोलाइने गरिएको छ । बेलुका ८ बजेदेखि १२ बजेको बीचमा डीजेसहितको लाइभ म्युजिक सञ्चालन हुन्छ भने १२ बजेदेखि बिहान ५ बजेसम्म क्लब खुल्ला हुन्छ । बेकरी र कफी सप भने २४ सै घण्टा पनि पाइन्छ ।

१५ सय जनासम्म अटाउने क्षमता रहेको यस क्लबमा दैनिक ५ देखि ७ सयको भीड हुने गरेको क्लबले जनाएको छ । तर १५ सय सम्मको क्षमता रहेको छ । यस क्लबको क्षेत्र ९ हजार स्क्वार फिट र बाहिर रेष्टुरेन्टको ३७ स्क्वार फिट रहेको छ ।

५ हजार जनालाई फ्रेस एयर, फायर फाइटिङ, साथमा भिआइपी रुम, सेलिब्रेटी रुम तथा मेकअप रुमको पनि व्यवस्था रहेको यो एकदमै नयाँ प्रविधिले बनेको क्लब हो । अरुभन्दा शान्त वातावरण र सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी खोलिएको क्लबमा १८ वर्ष मुनिकालाई प्रवेश निषेध गरिएको छ ।

यस्तै राम्रो सेवा सुविधा भएकै कारण विभिन्न कलेजहरुले पनि यतै फेरवेल तथा वेलकम कार्यक्रमसमेत गर्ने गरेका छन् । पार्किङको लागि पनि सँगै रहेको छाँया सेन्टरमा व्यवस्था गरिएको छ । ‘नेपालमा अझ बढी भन्दा बढि पर्यटक भित्र्याउनको लागि यो क्लब सञ्चालनमा ल्याइएको हो’ सञ्चालक पुरीले भने ‘क्लबमा मानिसहरु कुल हुन आएका हुन्छन् । आफ्नो दुखलाई केही पल बिर्सिएर खुसी खोज्न आउँछन् । कस्टमरको जुन चाहानालाई हाम्रो क्लबले पूरा गरिरहेको छ ।’

क्लबबाट प्राप्त यस्तो उपलब्धि सँगसँगै यही गु्रपले छुट्टै पहिचानसहितको रेस्टुरेन्ट आउँदो हप्ताभित्र ओपनिङ गर्दैछ । पर्यटकलाई लक्षित गरेर थकाली र विदेशी (चाइनिज, मेक्सिकन आदि) मल्टीफुडको व्यवस्थासहित यो रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागिएको हो । थकाली खाना परिकारहरुको लागि थकाली कुक र विदेशी खानाका परिकारहरुको लागि पाँच तारे होटलका कुकहरु रहने छन् भने सर्भ गर्नका लागि वेटर पनि तालिमप्राप्त र अनुभवी रहने छन् ।

तपाईंको बिचार