Wednesday, August 21, 2019

अन्तर्राष्ट्रिय कायकिङ स् मर्स्याङ्दीमा सलल

प्रकाशित मिति: 2018/11/27

 लमजुङ । मर्स्याङ्दी नदीमा भएको अन्तर्राष्ट्रिय कायकिङ प्रतियोगिता ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज १०१८’ को उपाधि बेलायत बसोबास गर्दै आएका प्रितम गुरुङले जितेका छन्। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) को आयोजना गरिएको प्रतियोगिताको १७ प्रतियोगितामा बेलायतकै माट स्टेफन्सन दोस्रो भए भने तनहुँ आँबुखैरनीका सोमबहादुर मगर तेस्रो भए। प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगिहरुलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित हेलमेट, लाइफ ज्याकेट, कायक प्याडल प्रदान गरिएको नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष निमबहादुर मगरले बताए। महिलातर्फको कायकिङ प्रतियोगितामा जर्मनकी भेरा निसले प्रथम भइन्। त्यस्तैगरी आयरल्याण्डकी सुसन डोयले द्वितीय र आयरल्याण्डकै शीलघ हेन्नेस्सी तृतीय भइन्। उनीहरुलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार, मेडल र प्रमाणपत्र साथमा हेलमेट, लाइफ ज्याकेट, कायक प्याडल पाए। प्रतियोगितामा पुरस्कृत कायकरहरुलाई बेसीशहर नगरपालिका मेयर गुमानसिङ अर्यालले एक समारोहबीच पुरस्कार बितरण गरे। पुरुषतर्फको प्रतियोगितामा १८ जना र महिलातर्फको प्रतियोगितामा ६ जनाको सहभागिता रहेको प्रतियोगिताका निर्णायक युवराज अधिकारीले बताए। प्रतियोगिताको सुरुको दिन शनिबार ‘डाउन रिभर रेस’ प्रतियोगिता, आइतबार ‘एक्सिट्रम सलालम’ र सोमबार अन्तिम दिनको ‘र्‍याम हेड टु हेड बोर्डर क्रस’ प्रतियोगिता गरिएको नेपाल एसोसिएसन अफ र्‍याफटिङ एजेन्सी (नारा) का निर्देशक चुडामणी आचार्यले बताए। आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सहसिक खेलको रुपमा र्‍याफ्टिङ र कायाकिङ चर्चित छ। प्रतियोगिता बेसीशहर नगरपालिका ६ बेलौतिबिसौनी र वडा नम्बर १० खासुरबेसी बीचको मर्स्याङ्दी नदीमा भएको थियो। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) का निर्देशक चुडामणी आचार्यका अनुसार मथिल्लो मर्स्याङ्दीमा कायकिङ प्रतियोगिता पहिलो पटक हो भने नेपालमा १७ औं पटक गरिएको हो। के हो कायकिङ कायकिङ शब्द अहिले जनमानसमा नौलो बनेको छ। जो कोहीले यसको अर्थ सहजै बुझ्दैनन्। र्‍याफटिङमा दुई वा दुईभन्दा बढी मानिस रहेको हुन्छ भने कायकिङमा एकजना मात्रै रहन्छ।

 

तपाईंको बिचार