Monday, June 24, 2019

पूर्वाधार विकास नहुँदा मनाङमा सोचेजति पर्यटक पुगेनन्

प्रकाशित मिति: 2018/11/30

मनाङ । थोरै जनसंख्या, विकट ठाउँ हिमालपारिको जिल्ला मनाङ सुन्दर प्राकृतिक छटाले भरिएको छ। पर्यटनको राम्रो गन्तव्य मानिएको मनाङमा पूर्वाधार विकास नहुँदा सोचेजति पर्यटक आउन सकेका छैनन्। विश्वकै पर्यटकको आकर्षण केन्द्रको रूपमा रहेको यो जिल्लालाई मोटर बाटोले जोडे पनि स्तरोन्नति भने हुन सकेको छैन। लमजुङ सदरमुकाम देखि ९५ किलोमिटर कच्ची सडक छ। चारवटा गाउँपालिका रहेको मनाङमा तीनवटा गाउँपालिकालाई सडकले छोएको छ। सडकले जिल्ला जोडे पनि सडकको स्तरोन्नति र नयाँ ट्रयाक खोलेर जिल्लाभर सडकले जोड्ने पहल भइरहेको छ। प्रदेश ुखुका चिन्तबहादुर घले जिल्लाको समृद्धिका लागि पर्यटन मुख्य आधार हुने बताउँछन्। पर्यटकको संख्या बढाउन पूर्वाधार निर्माणका लागि पहल गरिरहेको उनको भनाइ छ।

 

तपाईंको बिचार