Sunday, February 17, 2019

“च्याम्पियन इन च्यालेन्ज अवार्ड २०१८” बाट जोेशी सम्मानित

प्रकाशित मिति: 2018/11/30

काठमाडौं । पाटा नेपाल च्यापटरले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा पाटा नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष दीपकराज जोशीलाई सम्मान गरेको छ । जोशीले २०१८ नोभेम्बर ८ मा बेलायतको राजधानी लन्डनमा आयोजित ईन्टरनेशनल ट्राभल क्राइसिस म्यानेजमेन्ट समिट् समारोहबीच दीपकराज जोशीले “ईन्टरनेशनल इन्स्टिच्यूट फर पीस थ्रु ट्राभल एण्ड टुरिजम” नामक संस्थाबाट “च्याम्पियन इन च्यालेन्ज अवार्ड २०१८” सम्मान प्राप्त गरेका थिए ।

यो नेपाली पर्यटन क्षेत्रकै लागि सम्मान तथा गौरवको विषय भएको पाटाले जोशीलाई सम्मान गरेको हो । जोशी यो अवार्ड पाउने प्रथम नेपाली हुन् ।

कार्यक्रममा पाटा नेपाल च्यापटरका अध्यक्ष सुनिल शाक्यले स्वागत मन्तव्य राख्दै बोर्डको भूमिका पर्यटन प्रवद्र्धन तथा विकासका लागि अतुलनिय रहेको बताउनका साथै सबैले समयको माग अनुरुप प्राथमिक एजेण्डाहरुमा एकताबद्ध भइ काम गरेमा मात्र दिगो पर्यटन विकास र लक्षित उपलब्धि हासिल गर्न सकिने बताएका छन् ।

पाटाका पूर्व अध्यक्ष तथा पर्यटन बोर्डका संस्थापक अध्यक्ष वसन्तराज मिश्रले बोर्ड निजी क्षेत्रका लागि निजी क्षेत्रले सरकारको सहकार्यमा स्थापना गरेको संस्था भएको औंल्याउदैँ बोर्ड सफल वा असफल हुनुमा निजी क्षेत्रलाई जिम्मेवारी हुनेमा जोड दिए ।

कार्यक्रममा पाटा नेपालका महासचिव विभुतीचन्द ठाकुरले पर्यटन सरोकारवालाहरुलाई हातेमालो गरी अघि बढ्न र  पर्यटनका भावी पुस्ताहरुलाई सामावेश गरी पर्यटनको भविष्य दिगो र झन्  उज्वल पार्ने अभियानमा समावेश हुन आग्रह गरे ।

 

तपाईंको बिचार