Wednesday, August 21, 2019

ढुक्क हुनुहोस् वाइडबडीको पूर्ण स्वामित्व नेपाल एयरलाइन्समै छ मन्त्री अधिकारी

प्रकाशित मिति: 2018/12/06

नेपाल वायुसेवा निगमले ल्याएका दुइटा एयरबस ए ३३० जहाजको स्वामित्व नेपाल एयरलाइन्समै रहेकोमा कुनै शंका नगर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले आग्रह गरेका छन्।

हिँजो सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले सबै प्रक्रिया पूरा गरेर पूर्ण स्वामित्वसहित जहाज आएको उनले बताए।
नेपाल वायुसेवा निगमले ल्याएका दुइटा एयरबस ए ३३० जहाजको स्वामित्व नेपाल एयरलाइन्समा भएरनभएकोबारे सरकारको धारणा सांसदले मागेपछि अधिकारीले स्वामित्वका बारेमा कुनै पनि शंका नगर्न आग्रह गरे।
उनले यसबारेमा प्रश्न उठेपछि उपलब्ध प्रमाण र त्यसको क्रस भेरिफिकेशन गरेको र स्वामित्व नेपाल एयरलाइन्सकै रहेको बताए।
‘यसमा प्रष्ट छ एयरबसबाट हाइफ्लाइ एक्समा आएका जहाज त्यहाँबाट नेपाल एयरलाइन्समा आएका छन्’, उनले भने,‘त्यसकै आधारमा हाम्रो नियमक निकायले दर्ता प्रमाण पनि दिएको छ।’a

तपाईंको बिचार