Tuesday, April 23, 2019

पाँचौ अन्तर्राष्ट्रिय माउन्टेन फेस्टीवल एतिहासिक बन्यो

प्रकाशित मिति: 2018/12/14

पोखरा । नेपाल पर्वतारोहण संघ (एनएमए) को आयोजनामा ३ दिन सम्म पोखरामा जारी रहेको पाँचौ अन्तर्राष्ट्रिय माउन्टेन फेस्टीवल एतिहासिक रुपमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सल्लाहकार हरिध्वज तुलाचनको अध्यक्षतामा भएको सो कार्यक्रममा छरिएर रहेका साँस्कृतिक पहिचानलाई यस महोत्सव मार्फत विश्वभर फैलाउनका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रसँग सम्बन्धीत सम्पूर्ण सरोकारवाला प्रति आभार समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले सुखी नेपाली समृद्ध नेपालको नारालाई आत्मसाथ गर्दै यस महोत्सवले समुदायमा रहेको पहिचानलाई स्थापित गर्नका निम्ती कोसेढुङ्गा सावित भएको बताउनुभयो । नेपालको शिर उचो गराउने हिमाल सगरमाथा र धार्मिक साँस्कृतिक विविधताले सम्पन्न नेपाली संस्कृतीेले प्रख्यात नेपाली चिनारीको विकास गर्नका लागि सबैलाई आब्हान गर्नुभयो ।

एनएमएका अध्यक्ष सन्तबिर लामाले पाँचौ संस्करणको महोत्सवलाई सफल बनाउनका लागि नेपालका विभिन्न सहर र विभिन्न देशबाट आएका स्वदेशी र विदेशी दर्शकहरुप्रति आभार व्यक्त गर्दै महोत्सवको आगामी संस्करणलाई अझै बृहत रुपमा लैजाने बताउनुभयो ।

संघका महासचिव कुलबहादुर गुरुङ्गले गण्डकी प्रदेशको राजधानीमा आयोजना गरिएको यो महोत्सव बृहत रुपमा सफल भएको र सम्पूर्ण सरोकारवालाहरुले निर्वाह गर्नुभएको जिम्मेवारी र सहयोग प्रति आभार व्यक्त गर्दै यस महोत्सवले पर्वतीय क्षेत्रमा काम गर्नका लागि एनएमएलाई उत्साह थपेको बताउनुभयो । संघका कोषाध्यक्ष सुर्दशन न्यौपानेले महोत्सव सफल पार्नका लागि आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण प्रति आभार व्यक्त गर्नुभयो ।

एनएमएका प्रमुख कार्यकारी अधिकृत गंगासागर पन्तले पोखरामा नै यो महोत्सव गर्नुले यहाँको पर्यटन प्रर्वद्धन मात्र नभई पर्वतीय संरक्षण सम्बन्धी जनचेतना फैलाउने काम गरेको बताउनुभयो । महोत्सवका सल्लाहकार कुशल गुरुङ्गले विगतका वर्षहरु भन्दा महोत्सवले अझै गति लिएको बताउँदै खुसी व्यक्त गर्नुभयो ।

महोत्सव अवधि भर विभिन्न प्रस्तुतीहरु राखिएको थियो । जस अन्र्तगत एनएमए बैकुण्ठ मानन्धर म्याराथन बिजेता क्रमश प्रथम, द्धितीय र तृतीय सान्त्वना होमलाल श्रेष्ठ, कृष्ण बस्नेत, खगेन्द्र भट्ठ, लक्ष्मण मलाम र महिला तर्फ बिजेताहरु क्रमश प्रथम, द्धितीय र तृतीय सान्त्वनामा सरिता बासी, रेशु बस्नेत , हूमि बुढामगर  सृजना राई र ललिता लामिछानेलाई नगद सहित मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

एनएमए टोनी हेगन पेन्टिङ्ग प्रतिस्पर्धामा मोटिभेसनल बिजेतामा अलिता गुरुङ्ग, र ज्योती गुरुङ्ग, विशेष बिजेतामा आकाश गुरुङ्ग, रिक गुरुङ्ग र सुदिन श्रेष्ठ साथै एक्सीलेन्ट अवार्डमा जगत पुन, गोपाल दराई, आउटस्टान्डिङ्ग अवार्ड मनोज तामाङ्गले हात पार्न सफल भएका छन् ।

यस्तै छेलो हान्ने प्रतियोगितामा क्रमश ः प्रथम, द्धितीय र तृतीयमा सुदिन गुरुङ्ग, राजेश गुरुङ्ग र सुरेन्द्र शाही बिजेता भएका छन्  । उत्कृष्ट स्टलमा नेपाल टुरिजम होटल म्यानेजमेन्ट कलेज प्रथम, द्धितीय भूम्दीकोट तमु समाज, तृतीय किराँती साँस्कृतिक खाजा घर र पोखरा टेक्नीकल कलेजले सान्त्वना स्थान हाँसिल गरेका छन् । साँस्कृतिक नृत्य एवं झाँकी तर्फ सिङ्गदी तमू समाज प्रथम, किराँत सेवा समाज द्धितिय, शेर्पा समुदाय तृतीय एवं चौरी नृत्य समूहले सान्त्वना स्थान हासिल गरेका छन् ।

अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखराका प्रमुख शंकर गौतमले महोत्सवसँगै संग्रहालयमा आउने पर्यटकहरुको संख्या बढ्नेमा आफू बिश्वस्त रहेको जानकारी दिदै सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नविल बैङ्क गण्डकी प्रदेशका प्रमुख बुद्धि शर्माले महत्वपूर्ण कार्यक्रममा साथ दिन पाउँदा सुखद अनुभूति भएको बताउनुभयो । नबिल बैङ्कको मुख्य प्रायोजनमा रहेको सो  कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बरिष्ठ लोकगायक प्रजापती पराजुली , जिवन दाहाल , राजन कार्कि , शिबहरी ढुंगाना, लक्ष्मी नेपाली लगायतले सांगितिक प्रस्तुती राख्नुभएको अन्तराष्ट्रिय पर्ब्तिय संग्रहालयका बोर्ड सदस्य एवं प्रचार प्रसार संयोजक  हरि लामिछानेले बताउनुभयो ।

 

तपाईंको बिचार