Tuesday, June 18, 2019

पर्यटक बढेको भन्दै गण्डकी प्रदेशमा केक काटेर खुसियाली

प्रकाशित मिति: 2018/12/17

पर्वत । गत वर्षभन्दा यस वर्ष ३० प्रतिशत पर्यटकहरु भित्रिएपछि गण्डकी प्रदेशले केक काटेर खुसियाली मनाएको छ। गत नोभेम्बरसम्म १० लाख भन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतवार आयोजना गरिएको खुसियाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले केक काटेका हुन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सान् २०१८ को नोभेम्बरसम्म १० लाख १ हजार ३ सय बाह्य पर्यटक भित्रिएका छन्। यस अघि सवैभन्दा बढि सन् २०१५ मा ८ लाख ६० हजार पर्यटक भित्रिएको तथ्यांक छ। नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पर्यटन परिषद्को आयोजनामा खुसियाली समारोहको आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी भएका सबैलाई मन्त्री लम्सालले केक खुवाउनुभएको थियो। मन्त्री लम्सालले गत वर्ष भन्दा पर्यटक आगमनको दर ३० प्रतिशतले बढेको बताउँदै पर्यटन क्षेत्रवाटै पर्यटनको समृद्धि हुने बताए। गण्डकी प्रदेशले सन् २०२२ लाई पर्यटन वर्षको रुपमा मनाउन लागेको बताउँदै उनले त्यो अवधि सम्म बार्षिक २० लाख पर्यटकलाई त्रित्रयाएरै छोड्ने उनको भनाई छ। मन्त्री लम्सालका अनुसार बढ्दो पर्यटकको आगमनलाई मध्यनजर गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको छ। त्यसका लागि गण्डकी सरकारले ११ वटै जिल्लामा रहेका पर्यटकीय स्थलहरुलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका लागि बजेट बिनीयोजन गरेको छ।

 

तपाईंको बिचार