Saturday, August 24, 2019

नेवारी परम्पराले बनेको “नेवारी होम्स् अर्पाटमेन्ट” ग्राहकहरुको रोजाइँमा

प्रकाशित मिति: 2018/12/17

काठमाडौं । पाटन दरबार स्क्वार क्षेत्र नजिकै रहेको पिम्बहाल स्थित नेवारी परम्पराले बनेको “नेवारी होम्स् अर्पाटमेन्ट” ग्राहकहरुको रोजाइँमा पर्दै गइरहेको छ । पर्यटन व्यवसायी प्रकाश राजभण्डारीले विगत ७ वर्षदेखि सञ्चालन गर्दै आइरहेको यो अर्पाटमेन्ट पुग्दा आफ्नै घर पुगेको महसुस हुन्छ ।

जम्मा साढे ४ तल्ला रहेको अर्पामेन्टमा ग्राहकहरुले भरपुर सुविधाहरु लिन सक्छन् । वाइफाइ, रमणीय वातारण, नुहाउनको लागि चिसो र तातो पानी, पिउनको लागि शुद्ध जारको पानी, पावर ब्याक, छुटै किचेनजस्ता सबै यही अर्पाटमेन्टले व्यवस्था गरिदिएको छ ।

साथै यस अर्पाटमेन्टमा तीन वटा डिलक्स रुमहरु रहेका छन् । विभिन्न पाकेजको समेत व्यवस्था गरिएको छ । साथै लामो बसाइ बस्ने गरी आएका पर्यटकहरुलाई भने विशेष छुटको सुविधा रहेको छ ।

सफा मौसममा बिहानै छतमा गइ हेर्ने हो भने यस अर्पाटमेन्टबाट गौरीशंकर, लाङटाङ, गणेश हिमाल अवलोकन गर्न सकिन्छ । साथै साँझमा धार्मिक मन्दिर, झिलिमिली पिम्बहाल पोखरी पनि देख्न सकिन्छ ।

 

 

 

तपाईंको बिचार