Sunday, February 24, 2019

मोर्डन स्टाइलको होटल ह्वाइट हिमाल

प्रकाशित मिति: 2018/12/21

पोखरा । पोखरा पुगेपछि माछापुच्छे« हिमाल नहेर्ने को होला ? अझ उठ्ने बित्तिकै बालकुनीबाट हिमाललाई नियाल्न पाए त ओहो कस्तो मज्जा । यस्तै कुराहरु सोची आन्तरिक तथा बाह्य पर्यटकहरु पोखरा पुगेका हुन्छन् । त्यसरी हिमाल हेर्नको लागि कहाँ जाने, कता बस्ने होला त ? पक्कै पनि सबै अलमल्ल पर्छन । यस्तो कुराहरुको सुविधा दिनको लागि पोखराको लेकसाइडमा होटल ह्वाइट हिमाल सञ्चालनमा आएको छ ।  एक महिना अगाडि मात्र यो होटल सञ्चालनमा आएको  हो । यसले धेरै पर्यटनहरुलाई सुविधा दिइसकेको छ ।

नाट्टा (नेपाल एसोसियसन अफ टूर एण्ड ट्राभल) पोखराका पूर्व महासचिव तथा निवर्तमान सल्लाहकार सुवास भण्डारीले सञ्चालनमा ल्याएको यो होटल करिब एक रोपनी क्षेत्रपलमा फैलिएको छ । पर्यटनमा स्नातकसम्मको अध्ययन गरेका भण्डारीले २० वर्षको लामो  अनुभव बटुलेका छन भने ट्राभल एजेन्सी पनि चलाइसकेका छन् । त्यसैले उनलाई पर्यटनसम्बन्धी थुपै ज्ञानहरु छन् । अझ पर्यटन व्यवसायी भण्डारीले ५ वर्ष जर्मनमा बसि त्यहाँका होटलहरु सम्बन्धी अनुभव बटुलेका छन् । त्यसैले उनलाई बाह्य पर्यटकहरुलाई कस्तो खाले सुविधाहरु दिनुपर्छ भन्ने कुरा पनि राम्रो ज्ञान छ  । उनी भन्छन्, जर्मनमा बसेर नेपालको प्रर्वद्धन हुँदैन । यसको लागि नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचले जर्मनको बसाईलाई त्यागेर नेपाली व्यापार क्षेत्रमा होमिएका भण्डारिले नेपालमा नै मोर्डन स्टाइलको होटेल सञ्चालन गरेको हुन ।

६ तलामा बनेको होटल सञ्चालक भण्डारी भन्छन्, होटलमा २४ वटा डिलक्स रुमहरु रहेका छन भने सो रुमहरुमा वाइफाइ, बाथरुमको सुविधाहरु रहेका छन् । साथै अरु बाथरुममा भन्दा छिट्टै पाँच सेकेन्डमै तातो पानी आउने सिस्टम रहेको छ । 

घरेलु वातावरणमा रम्न सकिने यस होटेलको मुख्य आकर्षण भनेको यो नयाँ टेक्नोलोजीमा आधारित छ । पार्किङको सुविधा रहेको छ । यस होटेलबाट १ मिनेटको हिडाइँपछि लेकसाइड, फेवा ताल पुग्न सकिन्छ । यतिमात्र नभई होटलका सञ्चालक भण्डारीले रुफ टप रेस्टुरेन्टको पनि सुविधा व्यवस्था गरिदिएको छ । 

 

तपाईंको बिचार