Tuesday, April 23, 2019

क्रिसमस तथा नयाँ वर्षको अवसरमा क्लब फरेनहाइटले विशेष कार्यक्रम गर्ने

प्रकाशित मिति: 2018/12/23

काठमाडौं । दर्शकहरुको रोजाइँमा परेको क्लब फरेनहाइटले विशेष छुटका साथमा विशेष इभ आयोजना गर्ने भएको छ ।

क्रिसमस तथा नयाँ वर्ष सन् २०१९ को विशेष अवसरमा क्लबले सो इभ सन् २०१८ डिसेम्बर २४ तारिक सोमबारका दिन गर्न लागेका हो । 

क्लबका सञ्चालक विश्व पुरीले इभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेलिब्रटी, डि.जे., गायकहरुको विशेष सहभागीता रहने जानकारी दिएका छन् । साथै क्लबले भने १८ वर्षमुनिका बालबालिकाहरुलाई प्रवेश निषेध गरिएको छ ।

यहाँ व्यापारी र सेब्रिटीहरुकोसमेत जमघत हुने थलोको रुपमा परिचित हुँदै आएको छ । क्लब फरेनहाइट नेपाल अधिराज्य भरिकै नमुना र सेवासुविधाको आधारमा विश्वकै उत्कृष्ठ क्लब रहेको छ । 

तपाईंको बिचार