Sunday, February 17, 2019

धनगढी विमानस्थल आठ दिनका लागि बन्द

प्रकाशित मिति: 2018/12/25

धनगढी । कैलालीको धनगढी विमानस्थल आठ दिनका लागि बन्द गरिएको छ। वर्षातको पानीले विमानस्थलको धावनमार्गमा केही समस्या आएकले मर्मतका लागि आजदेखि सम्पूर्ण उडान बन्द गरिएको हो। वर्षातको पानीले विमानस्थलको धावनमार्ग केही दबेकाले मर्मतका लागि १७ गतेसम्म विमानस्थलमा उडान बन्द गर्ने निर्णय गरेका छौं’, नागरिक उड्यान प्राधिकरण धनगढीका प्रमुख तेजबहादुर बुढाथापाले बताए । प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द गर्ने निर्णय भएको बुढाथापाले जनाकारी दिए। उनले भने,‘ बेलुका ६ बजेपछि विमान कम्पनीहरूले उडान भर्न सक्नेछन्।’ ६ बजेपछि बुद्ध एयरले उडान गर्ने जनाएको छ।

 

तपाईंको बिचार