Sunday, February 24, 2019

पर्यटक यातायात व्यवसायी सहकारीमा रामशरण कार्की निर्विरोध निर्वाचित

प्रकाशित मिति: 2018/12/30

काठमाडौं । पर्यटक यातायात व्यवसायी विकास बचत तथा ऋण सहकारी संस्था लि.को नवौं वार्षिक साधारण सभाले नेपाल पर्यटक यातायात व्यवसायी संघ (एन.टि.भि.ए) का अध्यक्ष रामशरण कार्कीको अध्यक्षतामा ७ सदस्यीय कमिटि निर्विरोध निर्वाचित गरेको छ ।

काठमाडौंको भाटभटेनीस्थित विविक्यू रेष्टुरेन्टमा शनिबार सम्पन्न साधारण सभाले उपाध्यक्षमा सुनिल श्रेष्ठ, सचिवमा सन्तोष न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण प्याकुरेल र सदस्यहरुमा रमेश गौतम, वेदराज वास्तोला र तारा श्रेष्ठलाई चयन गरेको छ ।

अध्यक्षमा निर्वाचित भएसँगै गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै कार्कीले विशेषतः पर्यटक यातायात व्यवसायीहरुलगायत सम्रग पर्यटन क्षेत्रमा आवद्धहरुलाई गोलबद्ध गर्ने र आर्थिक कारोबारलाई सहजीकरण गर्ने अभियान स्वरुप विगत ९ वर्षदेखि पर्यटक यातायात व्यवासायी बचत सहकारी सञ्चालनमा ल्याइएको बताए । उनले पछिल्लो समय सहकारीमा सेयरहोल्डरहरुको संख्या र सहकारीमा आवद्ध हुनेहरुको संख्या बढ्दो रहेको बताउँदै सम्पूर्ण पर्यटन यातायात व्यवसायी तथा पर्यटनप्रेमीहरुलाई हाम्रो सहकारी बनाउनको लागि आवद्धता जनाउनको लागि पनि कार्कीले आग्रह गरेका छन् ।

यो सबैको सहकारी हो । यसलाई बृहत्तर बनाउन सकियो भने हामी सम्पूर्ण पर्यटनप्रेमीहरुलाई सहजता निश्चयनै हुनेछ । उनले बताए ।

 

तपाईंको बिचार