Saturday, August 24, 2019

नयाँ वर्षका लागि धुलिखेलका होटल भरिए

प्रकाशित मिति: 2018/12/30

काभ्रे । धुलिखेलका होटलहरु भरिभराउ भएका छन् । अंग्रेजी नयाँ वर्षका मनाउनेहरुले धुलिखेलमा रहेका ६० वटा होटल १ महिना अगाडिदेखि नै बुक गर्न थालेका थिए । अहिले सबै होटलका सबै कोठा भरिएका होटल ब्यवसायीहरुले बताएका छन् ।

२०१९ जनावरी १ का लागि धुलिखेलका होटल बुक गर्नेमा ८० प्रतिशत आन्तरिक पर्यटक रहेका क्षेत्रीय होटल संघ काभ्रेकी सचिव जोत्सना शैंजूले बताइन् ।

उनले भनिन् ‘राजधानीबाट नजिक, मनोरम दृश्य, शान्त वातावरण, हिमालको काखमा रहेर, नयाँ वर्ष मनाउन धुलिखेलमा प्राय पारिवारिक रुपमा आउने संख्या धेरै छन् ।’ नयाँ वर्षका लागि काभ्रेका होटलमा विभिन्न साँस्कृतिक कार्यक्रम पनि राखिएको छ । धुलिखेलमा नयाँ वर्षमा एक हजार भन्दा बढी पर्यटक बास बस्ने अनुमान छ ।

तपाईंको बिचार