Tuesday, October 22, 2019

बालकुनीबाटै हिमाल हेर्ने पोखराको ‘होटल ह्वाइट हिमाल’

प्रकाशित मिति:

पोखरा । नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरा पुगेपछि प्राकृतिक सुन्दरतामा नरम्ने कमै होला ? अझ उठ्ने बित्तिकै बालकुनीबाट माछापुच्छे्र हिमालसँगै वरिपरीको हिमश्रृंखलाको दृश्यपान गर्न पाए त ओहो ! कस्तो मज्जा ? यस्तै रमाइला–रमाइला क्षणहरुको परिकल्पना गर्दै पर्यटकहरु पोखरा पुग्छन् । त्यस्तै पर्यटकहरुलाई ध्यानमा राखेर गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यसहित पछिल्लो समय पोखराको लेकसाइडमा होटल ह्वाइट हिमाल सञ्चालनमा ल्याइएको छ । एक महिना अगाडिदेखि सञ्चालनमा ल्याइएको यो होटलको यही विशेषताका कारण पर्यटकहरु लोभिने गर्दछन् । 

अन्तर्राष्ट्रिय सेवा सुविधासहितको यो होटल नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल (नाट्टा) पोखराका पूर्व महासचिव तथा निवर्तमान सल्लाहकार सुवास भण्डारीले सञ्चालनमा ल्याउनुभएको हो । करिब एक रोपनी क्षेत्रपलमा फैलिएको होटल निर्माणमा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरिएको छ । पर्यटनमा स्नातकसम्मको अध्ययन गर्नुभएका भण्डारीले यसै क्षेत्रमा झण्डै दुई दशक लामो अनुभव बटुलिसक्नु भएको छ । होटलसँगसँगै उहाँले ट्राभल एजेन्सी पनि चलाइरहनुभएको छ । सोही कारण पनि पर्यटन सम्बन्धि थुपैखाले अनुभव छ उहाँसँग । 

अझ पर्यटन व्यवसायी भण्डारीले ५ वर्ष जर्मनमा बसी त्यहाँका होटलहरु सम्बन्धी अनुभव बटुलिसक्नुभएका उहाँसँग बाह्य पर्यटकहरुलाई कस्तो खाले सुविधाहरु दिनुपर्छ भन्ने कुरा पनि राम्रो ज्ञान छ । ‘जर्मनमा बसेर नेपालको प्रर्वद्धन हुँदैन’ व्यवसायी भण्डारी भन्नुहुन्छ ‘यसको लागि नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचले जर्मनको बसाई त्यागेर नेपाल फर्किएर नेपालमै मोर्डन स्टाइलको होटल सञ्चालन गरेको हु ।’ 

६ तलामा बनेको यो होटलमा २४ वटा डिलक्स रुमहरु रहेका छन् । होटलका प्रत्येक रुमहरुमा वाइफाइ, सुविधासम्पन्न बाथरुमको सुविधाहरु रहेका छन् । प्रत्येक बाथरुममा पाँच सेकेन्डमै तातो पानी आउने सिस्टम राखिएको छ ।

तपाईंको बिचार