Wednesday, August 21, 2019

म्याग्दी बेनीको टोड्केमा “टोड्के हिल रिर्साेट” सञ्चालन

प्रकाशित मिति: 2018/12/30

म्याग्दी  । सुन्दर गाउँबस्ती, रमणीय प्राकृतिक वातावरण अनि हिमालको सुन्दर दृष्यपान गर्न विदेशी पर्यटक नेपाल आउने गर्दछन् । यही कुरालाई ध्यानमा राखेर नेपालीलाई रोजगार दिऊ, नेपाल चिनाऔं’ भन्ने उद्देश्यका साथ म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्र “टोड्के हिल रिर्साेट” सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

समुद्री सतहबाट २ हजार ३ सय ५० मिटर उचाइमा रहेको यो पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना भएको ठाउँ हो । गत जेठदेखि निर्माण थालिएको यो रिसोर्ट यही पुसदेखि सञ्चालनमा ल्याइएको हो । यसको ग्राण्ड ओपनिङ भने हुन बाँकी छ ।

रिसोर्ट सञ्चालक भीम शेरचनकाअनुसार २०७४ सालको चैतमा रिसोर्टकमा दर्ता गरिएको भएपनि केही अड्चनहरु आएको कारण सञ्चालनमा ढिलाई भएको हो । “यो क्षेत्र पर्यटकीय दृष्टिकोणले हेर्ने हो भने एकदमै राम्रो छ’ शेरचन भन्नुहुन्छ ‘यहीबाट अन्नपूर्ण, गणेश, माछापुच्छे«, गंगापूर्ण, निलगिरी, टुकुछें, किरविङ, टुक्चें, चुरेन, मानापठी गु्रर्जा, धौलागिरी गरी १६ वटा हिमालहरु छर्लङ्ग हेर्न पाइन्छ । आएर एक दिन बास त बस्नैपर्छ । तर त्यसको लागि यहाँ कुनै पनि होटल तथा रिसोर्ट छैन । त्यसैले हामी यस क्षेत्रमा लागि परेका हौं ।’

रिसोर्टमा ९ जनाको लागनी रहेको हुनाले यो एउटा सामुदायिक रिसोर्ट हो । बेनीबाट टोड्के रिर्सोट पुग्न विभिन्न बाटोहरु छन् । बेनी, झिं हुँदै टोड्के, बेनी वाखेत हुँदै टोड्के र बेनी, कुँहुँ, पूर्णगाउँ हुँदै टोड्के पुग्न सकिन्छ । पर्यटकहरुलाई सजिलो र सहज बनाउनका लागि टोड्केको हिल रिर्सोट नजिकैं साढे २ रोपनीमा हेलीप्याड पनि बनाउने तयारी भइरहेको छ ।

यहाँ आउने पर्यटकहरु मनोरम दृष्यावलोकनसँगै बेनीदेखि झिँ, पूर्णगाउँ, डडुवा, वाखेत, कुहुँ, पात्लेखेत लगायतका गाउँमा उत्पादन हुने अर्गानिक कृषि उपजहरुका विभिन्न परिकारसँग रम्न पाउँनेछन् । त्यही गाउँका मानिसहरुलाई रोजगारी मिलोस् भन्ने हेतुले रिसोर्ट स्थानीयलाई नै जिम्मा दिइएको छ ।

रिसोर्टलाई आवश्यक दक्ष जनशक्ति तयार गर्नका लागि पनि रिसोर्टले पहल गर्नेछ । त्यसका लागि हालमसम्म कति बेनीबासीहरु विदेशबाट फर्केका छन् भन्ने रेर्कडसमेत खोज्ने तयारीमा भइरहेको शेरचन बताउनुहुन्छ ।

ग्राहकको लागि भनेर रिर्सोटले भलिबल, ब्याडमिन्टन, बासकेट बल ग्राउडकोसमेत व्यवस्था गरेको छ । टुरिजम बोर्डले प्रवद्र्धन गर्ने भएपछि सामुदायिक वन क्षेत्रसमेत रिसोर्टका लागि लिजमा लिइएको छ । त्यहाँ वन कुखुरा तथा अन्य जीवजन्तु पाल्ने योजना पनि रिर्सोटले अघि सारेको छ । रिसोर्टबाट पनि ग्राहकहरुले राष्ट्रिय फूल लालीगुराँस, कालीज, मृग, खरायो जस्ता आदि वन्यजन्तुहरु हेर्न पाइन्छ ।

रिसोर्ट ५५ जना क्षमताको १० कोठा, १ सय जना क्षमताको सेमिनार हल, विशिष्ट अतिथि भवनको पनि व्यवस्था गरिएको छ । पर्यटकको चाप हुँदा टेण्टको व्यवस्था पनि गरिने शेरचनले बताउनुहुन्छ ।

 

तपाईंको बिचार