Friday, September 20, 2019

लेखा समितिद्वारा वाइडबडी विमान प्रकरणमा मन्त्रीहरु र राईलाई ‘क्लिन चिट’, देवकोटा र कंसाकारलाई

प्रकाशित मिति: 2019/01/07

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा अनियमितता भएको सम्बन्धमा अध्ययन गर्न गठित सार्वजनिक लेखा समितिको उपसमितिले दिएको प्रतिवेदन सोमबार लेखा समितिको बैठकले संशोधनसहित पारित गरेको छ ।

उपसिमिको प्रतिवेदनले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसचिव प्रेमकुमार राईलाई कारबाहीका लागि सिफारिस गरेकोमा समितिले त्यसमा संशोधन गर्दै उनलाई सफाई दिएको छ।

यस्तै उपसमिति प्रतिवदेनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र तत्कालीन मन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले सार्वजनिक खरिद ऐन विपरित विमान खरिद अगाडि बढ्दा पनि सतर्कता नअपनाएकाले उनीहरुलाई नैतिक जिम्मेवारी र बदनियत देखिएको कारणले कारबाही सिफारिस गरिएकोमा त्यसमा संशोधन गर्दै कानुन सम्मत कारबाहीका लागि सरकार र अख्तियारलाई निर्देशन दिएको छ ।

छानबिन उपसमितिको प्रतिदेनका आधारमा समितिले पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी कारबाही बढाउन निर्देशन दिएको छ।पसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा पेस गरेको थियो।

कंसाकारको विषयमा समितिको निर्णयमा भनिएको छ–‘ निगमको विनियमावलीको दफा २३६ ९२० अनुसार बद्नियतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अघि बढाई यो प्रकरणमा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक कंसाकारले बद्नियत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले निजलाई कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्ड सजाय गर्न कानुनी कारबाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।’

तपाईंको बिचार