Sunday, April 21, 2019

ठमेल परिषद्को निर्वाचन घोषणासँगै शर्मा, गुरुङ र थपलियाको दौडधूप सुरु

प्रकाशित मिति: 2019/01/18

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को यही माघ १६ गते (३० जनवरी, २०१९) २४ औं साधारणसभा सँगै हुन गइरहेको नयाँ कार्य समितिको निर्वाचनको लागि नेतृत्वको दौडधूप सुरु भएको छ ।

टीटीडीसीको निर्वाचन हुने पक्का भएसँगै अध्यक्षको लागि परिषद्कै वर्तमान अध्यक्ष समीर गुरुङ र महासचिव भवी शर्माले नेतृत्वको लागि अग्रसरता देखाउँदै पर्यटन व्यवसायीहरुबीच आपसी छलफललाई तीव्रता दिइरहेका छन् भने यता परिषद्का निवर्तमान अध्यक्ष रामशरण थपलियाले पनि आफूलाई नेतृत्व लिनको लागि व्यवसायिक दबाब भइरहेकोले नेतृत्वको लागि इच्छा जाहेर गरेको बताएका छन् । शर्मा र गुरुङ यतिबेला ठमेल बजारमा नेतृत्व हत्याउनको लागि रणनीतिक चलखेलमा छन् भने थपलिया आफ्नो धर्मपत्नीको स्वास्थ्यको उपचारको लागि इन्डियामा रहेका छन् ।

होटल अन्नपूर्णमा सम्पन्न हुन गइरहेको परिषद्को निर्वाचनको लागि परिषद्मा ७ सय ९३ जना सदस्य रहेपनि ५ सय ३० जनाले मात्रको मताधिकार रहेको छ ।

तपाईंको बिचार