Saturday, August 24, 2019

टीटीडीसी निर्वाचनको लागि तत्कालीन नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठनको वार्ता कमिटी गठन

प्रकाशित मिति: 2019/01/20

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को यही माघ १६ गते (३० जनवरी, २०१९) २४ औं साधारणसभा सँगै हुन गइरहेको नयाँ कार्य समितिको निर्वाचनको लागि तत्कालीन नेकपा एमाले निकटको पर्यटन व्यवसायीहरुको संगठन पर्यटन व्यवसायी संगठन नेपालले युवा पर्यटन व्यवसायी एवम् संगठनका महासचिव राजेन्द्र प्रसाद सापकोटाको संयोजकतामा तीन सदस्यीय वार्ता तथा समन्वय समिति गठन गरेको छ । अन्य सदस्यहरुमा संगठनकै उपाध्यक्ष कुमार थापा र सचिव हरिभक्त श्रेष्ठ रहेका छन् ।

शनिबार साँझ बसेको संगठनको आकश्मिक बैठकले परिषद्को निर्वाचनको लागि आफ्नो संगठनको सम्मानजनक सहभागिताको लागि वार्ता कमिटी गठन गरेको संगठनका सचिव तथा प्रवक्ता हरिभक्त श्रेष्ठले बताएका छन् । । ठमेल पर्यटन परिषद्मा व्यवसायिक र समावेशी समूह बन्नुपर्छ भन्ने हाम्रो संगठनको बुझाई हो । हामी पर्यटन व्यवसायीहरु विभिन्न आस्था र विचार बोकेका भएपनि परिषद्को नयाँ कार्यसमिति बनाउँदा यो या त्यो नभनी व्यवसायिक टीम बन्नुपर्छ र निर्वाचनलाई सहजीकरण गरिनुपर्छ भन्ने अभिप्रायले हामीले वार्ता कमिटी बनाएका हौं । संगठनका महासचिव राजेन्द्र प्रसाद सापकोटाले बताए ।

 

तपाईंको बिचार