Saturday, October 19, 2019

माघ २५ देखि ‘सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव’ हुने

प्रकाशित मिति: 2019/01/21

काठमाडौं । दार्चुला उद्योग वाणिज्य सङ्घले स्थानीय अर्थतन्त्रलाई समृद्ध बनाउने उद्देश्यले यही माघ २५ देखि आगामी फागुन ५ गतेसम्म ‘सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव’ गर्ने भएको छ ।

स्थानीय उद्योग, व्यापार पर्यटन, जडीबुटी, तथा कृषि उद्यमलाई प्रवद्र्धन गर्न महाकाली नगरपालिका–४ मा महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद गणेशसिंह ठगुन्नाले स्थानीय टिङ्कर नाका नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास हुन सक्ने सम्भावना भएको भए पनि त्यहाँको आर्थिक तथा पूर्वाधार विकासका दृष्टिकोणले पिछडिएको बताए ।  

सांसद दिलेन्द्रप्रसाद बडूले त्यहाँको जडीबुटीलगायत अन्य स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुर्र्याउने विश्वास व्यक्त गर्दै लुकेका स्थानीय संस्कृतिलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्न सकिने बताए ।

आयोजक संस्थाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले उक्त जिल्लाका विविधतायुक्त संस्कृति झल्काउने मौलिक वेशभूषा, नृत्य, रहनसहन, खानाका परिकारसमेत महोत्सवमा राखिने जानकारी दिए ।

तपाईंको बिचार