Wednesday, August 21, 2019

कुरिनटारकै उत्कृष्ट रिर्सोट बन्दै रिभरफन बिच रिसोर्ट

प्रकाशित मिति: 2019-01-22

काठमाडौं । काठमाडौबाट ९९ किलोमिटर टाढा र मनकामना केबल कारबाट ५ किलोमिटर नजिक रहेको रिभरफन बिच रिसोर्टले ग्राहकहरुको आवश्कतालाई मनन गरी सेवा सुविधाको थप गरेको छ ।  

रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले रिसोर्टमा बीस वटा डिलक्स रुम, नौ वटा सफारी टेन्टका साथै सेमिनार हल समेत थप गरिएको बताएका छन् । उनले सो सुविधा थप गरेपछि रिभरफन कुरिनटारकै उत्कृष्ठ रिसोर्ट भएको बताए ।

रिसोर्टका अर्का सञ्चालक राजन सिम्खडाले रिसोर्टमा स्विमिङ पुल, खेलकुदको सुविधा, डिजेको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत उपलब्ध गराईने वताए ।

रिसोर्टमा विदेशीका साथै नेपाली पर्यटकहरुको पनि ठूलो आकर्षण देखिएको छ । “पर्यटकहरुले अत्याधिक मन पराएपछि त्यसलाई स्तरोन्नतीका साथै अन्य सुविधाहरु थप गर्न आवश्यक देखेर रिसोर्टको स्तरोन्नती गरिएको हो”–रिसोर्टका सञ्चालक सिम्खडाले भने ।

हाल रिर्सोटमा काठमाडौं, पोखरा, चितवन, वुटवल लगायतका ठाउँहरुवाट स्वदेशी पर्यटकहरु तथा भारतीय र अन्य देशका पर्यटकहरु समेत रिभरफनमा आउने गरेको सिम्खडाले वताए । नेचर रिट्रिट, पारिवारिक भेटघाट, साथिभाईको पिकनिक तथा ¥याफ्टीङका लागी आउने पर्यटकहरुले रिभरफनलाई अत्याधिक मन पराएको आँफुले अनुभव गरेको सिम्खडाले वताए ।

त्रिशुली नदिको किनारमा अवस्थित कुरीनटारस्थित रिभरफन बिच रिसोर्टले सन २०१७ मा अल्ट्रा अवार्ड प्राप्त गरेको थियो ।

तपाईंको बिचार