Tuesday, October 22, 2019

टीटीडीसी निर्वाचनको लागि नेपाली कांग्रेस निकट निटको वार्ता कमिटी गठन

प्रकाशित मिति: 2019/01/23

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को यही माघ १६ गते (३० जनवरी, २०१९) २४ औं साधारणसभा सँगै हुन गइरहेको नयाँ कार्य समितिको निर्वाचनको लागि नेपाली कांग्रेस निकट पर्यटक व्यवसायीहरुको छाता संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट) ले संघका उपाध्यक्ष छेतुप तामाङको संयोजकत्वमा तीन सदस्यीय वार्ता तथा समन्वय समिति गठन गरेको छ । अन्य सदस्यहरुमा संघकै सल्लाहाकार दुर्गानाथ न्यौपाने (बलराम) र कार्यसमिति सदस्य गोविन्द दाहाल रहेका छन् । 

बुधबार साँझ बसेको संघको आकश्मिक बैठकले परिषद्को निर्वाचनको लागि आफ्नो संघको तर्फबाट निटका सहअध्यक्ष रामशरण थपलियालाई अध्यक्षको प्रस्तावित उम्मेदरवारको रुपमा अघि सार्ने निर्णय समेत गरेको छ । वार्ता समन्वय समितिका संयोजक छेतुप तामाङले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो संघको प्रस्तावित उम्मेदवार रामशरण थपलियालाई सर्वसहमतिको रुपमा अध्यक्ष बनाउनको लागि आफूहरुले आजैबाट पर्यटकीय विभिन्न राजनीतिक संगठनहरुसँग संवाद अगाडि बढाएको बताएका छन् । तामाङले अधिकतम लचकता अपनाएर आफूहरुले वार्तालाइ सहजीकरण रुपमा लैजाने र सर्वसहमति हुन नसके निर्वाचनमा जान पनि तयार हुने बताए । तर हाम्रो पहिलो प्राथमिकता भनेको सर्वसहमतिय नेतृत्व हो । उनले भने ।

तपाईंको बिचार