Sunday, October 20, 2019

ठमेल परिषद्को निर्वाचन स्थगित, परिषद्लाई राजनीतिक रणभूमि नबनाउन व्यवसायीको आग्रह

प्रकाशित मिति: 2019/01/25

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को यही माघ १६ गते (३० जनवरी, २०१९) २४ औं साधारणसभा सँगै हुने भनिएको नयाँ कार्य समितिको निर्वाचन स्थगित भएको छ । आज शुक्रबार भएको परिषद्को आकश्मिक बैठकले आन्तरिक तयारीको अपुग भएको भन्दै साधारण सभा अनिश्चिकालको लागि स्थगित भएको जनाएको छ । परिषद्मा आवद्ध रहेका ३ सय २८ जना सदस्यहरुलाई मतदानबाट वञ्चित गर्न खोजिएको भन्दै साधारण सदस्यहरुबाट विवाद बढ्दै गइसकेपछि परिषद्ले बाध्य भएर साधारण सभा हुनु ४ दिन अघि स्थगित गरिएको हो । साधारण सभा हुनु अघि छोटो समय राखेर एक्कासी स्थगित गरिनुलाई पर्यटन व्यवसायीहरुले अर्थपूर्ण रुपमा लिएका छन् । व्यवसायीहरुले परिषद्मा राजनीतिक चलखेलका बीच साधारण सभा स्थगित भएको बताउदै यस्ता क्रियाकलापले ठमेलको विकास उन्नति नहुने बताएका छन् । उनीहरुले सम्रग ठमेलको विकासमा परिषद् लाग्नुपर्नेमा राजनीतिक रणभूमि परिषद्लाई बनाएको प्रति दुःख व्यक्त समेत गरेका छन् ।  

यही माघ १६ गते गर्ने भनिएको परिषद्को निर्वाचनको लागि ७ सय ९३ जना सदस्य रहेपनि ५ सय ३० जनाले मात्रले मतदान गर्ने अधिकार रहेको थियो ।

 

तपाईंको बिचार