Wednesday, August 21, 2019

फेब्रुवरी ७ मा टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रम हुँदै

प्रकाशित मिति: 2019/01/30

काठमाडौ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले हरेक वर्ष झै यस पटक पनि टान संयुक्त ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यस वर्ष टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रम काठमाडौंको लैन्चौर ब्याङ्केटमा ७ फेब्रुवरी २०१९ मा आयोजना गर्न लागेको हो ।

विगत दुई दशकदेखि आफ्नो क्यालेण्डरमै राखेर वार्षिक कार्यक्रमको रुपमा हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायहरुले नव बर्षको रुपमा मनाइने ‘ल्होसार’ लाई टान संयुक्त ल्होसारको रुपमा मनाउंदै आएको छ ।

टानका महासचिव आङ पेम्बा शेर्पाले यस कार्यक्रमलाई पृथकता दिदैं नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल – २०२० अभियानलाई प्रवद्र्धन गर्नुका साथै यस चाडलाई एउटा भिन्न पर्यटन उपजका रुपमा विकास गर्ने उद्देश्यका साथ मनाउन लागिएको बताउनुभयो ।

शेर्पा, गुरुङ, तामाङ, ह्याल्मोलगायत हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायहरुको संस्कृतिक प्रस्तुती, ख्यातिप्राप्त हाँस्य कलाकारहरुको प्रदर्शन, विभिन्न गायक ÷गायिकाहरुको सांगीतिक प्रस्तुति, डिजे सेशन, डिनर कार्यक्रम साथै डोर प्राइजहरु टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रम २०१९ को मुख्य आकर्षण हुनेछ ।

कार्यक्रममा उच्च स्तरका सरकारी निकायका प्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरू, विभिन्न पर्यटन संघ संस्थाहरु, टानका सदस्य कम्पनीहरु, पर्यटन उद्यमीहरू र पत्रकारहरूको सहभागिता रहने छ । ।

टान संयुक्त ल्होसार कार्यक्रममा संयोजक ऋतु ग्याम्दानले यस कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि तयारी तीब्र बनाइएको बताउनुभयो । उहाँका अनुसार टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि रु.१६६९ कोे कुपन खरिद गर्नुपर्ने छ र उक्त कुपन टान सचिवालय मालिगाउँ तथा ठमेलस्थित सातघुम्तीमा रहेको टिम्स काउन्टर उपलब्ध छ ।

 

तपाईंको बिचार