Wednesday, August 21, 2019

हरियो नम्बरप्लेटका गाडीले मात्र पर्यटक बोक्न पाउने, चालकले अनिवार्य पोसाक लगाउनुपर्ने

प्रकाशित मिति: 2019/01/30

काठमाडौं । पर्यटन विभागले पर्यटक बोक्ने सवारीसाधानमा नयाँ नियम ल्याएको छ । पर्यटन विभागका अनुसार अब सवारीसाधनले अविलम्ब हरियो प्लेट लिएर मात्र सवारीसाधन सञ्चालन गर्नुपर्ने छ। रातो नम्बरप्लेट राखेर होटेल, ट्राभल तथा ट्रेकिङ एजेन्सीबाट सञ्चालन भइरहेका सबै सवारीसाधनले हरियो प्लेट लिनुपर्ने भएको छ ।

त्यसै पर्यटक बोक्ने सवारीसाधनमा कार्यरत कर्मचारीले अनिवार्य पोसाक लगाउनुपर्ने व्यवस्था ल्याएको छ । सरकारले पर्यटक यातायात सेवा व्यवसाय (हरियो नम्बरप्लेट) सञ्चालन अनुमति लिएका एजेन्सीमार्फत चल्ने सबै प्रकारका सवारीसाधनका चालक तथा सहयोगीका लागि पोसाक तय गरेको हो । यसका साथै ट्राभल, ट्रेकिङ, होटेल, रिसोर्टलगायत पर्यटन व्यवसायसँग सम्बन्धित कम्पनीले चलाउने सवारीसाधनका चालक तथा सहयोगीले पनि अनिवार्य रूपमा पोसाक लगाउनुपर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जानकारी दिएको छ । तर तत्कालका लागि भने होटेल, ट्राभल तथा ट्रेकिङ एजेन्सीबाट सञ्चालन भइरहेका रातो प्लेटका सवारीचालक र सहयोगीले पोसाक र परिचयपत्र भने लगाउनैपर्ने निर्णय सरकारको छ ।

 

 

तपाईंको बिचार