Wednesday, August 21, 2019

गोकर्ण हाउसमा चाइनिज नयाँ वर्षको रौनक

प्रकाशित मिति: 2019/02/01

काठमाडौं । नेपालमै पहिलो पटक चाइनिज नयाँ वर्ष मनाइदैंछ । काठमाडौंको पक्नाजोल अवस्थित गोकर्ण हाउस रेष्टुरेन्टले माघ १४ देखि सुरु गरेका नयाँ वर्ष फागुन २ (जनवरी २८ देखि फ्रेबअरी १४) गते सम्म मनाउने छ ।

गोकर्ण हाउसका सञ्चालक दिपक कुमार श्रेष्ठले नेपाली र चिनियाँबीचको सम्बन्ध अझ प्रगाढ बनाउन र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताएका छन् ।

मेरो रिर्सचअनुसार नेपालमा चिनियाँ पर्यटकहरु धेरै भित्रिने गर्दछन् । छिमेकी मुलक चीनबाट वर्षमा १६ हजारभन्दा बढी पर्यटक आउँछन्, उनले भने, त्यसैले नेपालमा बसे पनि आफ्नै घरमा जस्तै अनुभव होस भन्ने उद्देश्यले पनि यो कार्यक्रम गर्न लागेका हौं ।

यो नेपालको लागि एउटा नयाँ अनुभव पनि हुनेछ, उनले थपे, नेपालमा थप चिनियाँ पर्यटकहरु भित्र्याउनसमेत टेवा पुग्नेछ । नयाँ वर्षकै अवसरमा चिनियाँहरुलाई अझ खुसी बनाउन हाउसले विभिन्न छुटहरुको पनि व्यवस्था गरेको छ । लक्की ड्र गरी चिठ्ठा परेकोलाई ६५० मि.लि. को प्रिमियम वियर, चाइनिज प्लाटरस्, २ वटा ६५० मि.लि. को प्रिमियम वियर किन्दा एउटा फ्रि, टुरको लिडर वा एजेन्सीलाई ६५० मि.लि. को प्रिमियम वियरमा १० प्रतिशत छुट, धेरै चाइनिज गु्रप ल्याएको एजेन्सीलाई पोखरा र चितवनको प्याकेज दिने रहेको छन् ।

नयाँ वर्षको अर्को मुख्य आकर्षणको रुपमा चाइनिज ड्रागन नाच र नेपाली संस्कृति झल्किने नाचहरु रहेका छन् । साथै झाँकी, लाखे, मयूर, याक एण्ड यती नाच पनि हुनेछ । चाइनिज होस्टको सँगै नयाँ वर्षको लागि विशेष खाना,  “इयर अफ द पिग” लाइभ बारबिक्यूहरु समेतको हाउसले अर्फर गरेको छ ।

गोकर्ण हाउसले इाइरेक्ट लेबर र प्रडक्सन खर्च ७ लाख, सजावट र आवश्यक सरसमान १ लाख ५० हजार, डिजिटल मार्केटिङ खर्च ८० लाख, अन्य खर्चमा ४ लाख ७० हजार खर्च इस्टिमेट गरेको छ ।

यो अवधिमा स्पोनसरको रुपमा काम गरेका विभिन्न संस्थाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्न मद्दत पु¥याउनेछ ।

उनका अनुसार गोकर्ण हाउले पर्यटकहरुको आवश्यकतालाई ध्यानमा राखी विगत ६ वर्षदेखि एकदमै राम्रो खानपिनको व्यवस्था गर्दै आइरहेको छ । हाउसले १ लाख ५० हजारभन्दा माथि बाह्य र १ लाखभन्दा माथिको आन्तरिक पर्यटकलाई सुविधा दिइसकेका छन् । साथै विवाह, इनगेज्मेन्ट, प्रेस मिट, गेट टुगेदर, टान, नाट्टा, भिटोफ, टुर्गान, एनएमए, रेवान, नाराजस्ता पर्यटकीय संस्थाका विभिन्न कार्यक्रम र गतिविधिहरु प्नि आयोजना गरिसकेका छन् । यसले गोकर्ण हाउसलाई मात्र नभई पर्यटन क्षेत्रलाई प्रमोसनल गर्न पनि मद्दत पु¥याउनेछ ।

 

तपाईंको बिचार